किन हुन्छ मानिसलाई यौनदेखि नै एलर्जी ?

    यौन सम्बन्धपछि केही व्यक्ति विचित्र किसिमको रोगले ग्रस्त हुन्छ । त्यस्तो बेला उनीहरूलाई सम्भवतः आफैदेखि एलर्जी हुन्छ । यस्तो रहश्यमय रोगलाई वैज्ञानिकहरूले पोष्ट अर्गाज्मिक इलनेस सिन्ड्रोम नाम दिएका छन् । नेदरल्याण्डको एक टोलीले अध्ययनपछि भने अनुसार जुन व्यक्तिमा यौनक्रियापछि फ्लु जस्तो लक्षण देखिन्छ, उनीहरूलाई वास्तवमा आफ्नै वीर्यदेखि एलर्जी भइरहेको हुने जर्नल अफ सेक्सुअल मेडिसिनमा उल्लेख छ । उक्त अनुसन्धान यस्तै समस्याले पीडित ४५ जना डच नागरिकमा गरिएको थियो ।
    ती व्यक्तिमा यौनक्रियापछि ज्वरो, नाकबाट पानी बग्ने धेरै थाक्ने, आ“खा पोल्ने जस्ता लक्षण एक सातासम्म देखिइरहन सक्छ । नेदरल्याण्डस्थित उट्रेच्ट विश्वविद्यालयका विशेषज्ञ एवं यौन साइकोफर्माकोजीका प्राध्यापक मार्सल बाल्डिगरका अनुसार यस्ता व्यक्तिले यौनक्रियामा वीर्यपात नभएसम्म कुनै किसिमको असहजता अनुभव गर्दैनन् तर अण्डकोषबाट वीर्य बाहिर निस्किनासाथ उनीहरू बिरामी पर्छन् । कहिलेकाहीं यस्ता रोगी वीर्य निस्केको केही मिनेटमै थला पर्छन्, प्रा. मार्सल भन्छन् । मार्सलका अनुसार संवेदनशीलता समाप्त गर्ने विशेष किसिमको उपचार माध्यमबाट यो रोगको असर कम गर्न सकिन्छ । रोगीलाई एलर्जी हुने पदार्थस“ग बारम्बार सामना गराइन्छ र यो प्रक्रिया विस्तारै विस्तारै बढाउ“दै लगिन्छ । यस्तो प्रक्रिया केही वर्षसम्म जारी राख्नु पर्दछ । 

No comments:

Post a Comment