स्मरण शक्ति ह्रास हुन्छ धुम्रपान गर्दा

    स्मरण शक्ति ह्रास हुन्छ धुम्रपान गर्दा तपाई धुम्रपान छोड्नु भएको छैन भने यसमा अर्को रोग पनि थपिन सक्छ । त्यो हो धुम्रपानका अम्मलीहरुले दिनहुँ एक तिहाई स्मरणशक्ति गुमाइरहेका हुन्छन् । नथेब्रिया विश्वविद्यालयको यो अध्ययनसंगै के पनि स्थापित गरिएको छ भने धुम्रपान छोडेपछि ती धुम्रपानका अम्मलीहरुको स्मरणशक्ति पहिलेकै हुन्छ । र, उनीहरुमा पनि त्यत्ति नै सम्झना शक्ति हुन्छ, जति धुम्रपान नगर्नेहरुको हुन्छ । कसको स्मरण शक्ति कति छ भन्ने कुरा दिनहु“ आफ्नो क्रियाकलापहरुबाट पत्ता लगाउन सकिन्छ ।
    किन्नुपर्ने वस्तु भुल्ने गरेको छ कि छैन, साथीभाइ वा गाउ“ठाउ“को नाम सम्झना छ कि छैन, औषधि आदि समयमा खान बिर्सने गरेको छ कि छैन जस्ता कुराहरुकोे चुस्तता बारे थाहा पाउन सकिन्छ । नवीनतम अध्ययनका लागि अनुसन्धताहरु १८ वर्षदेखि २५ वर्षउमेरका करीब ७० व्यक्तिलाई सामेल गरेका थिए । उनीहरुले विश्वविद्यालय परिसरमा आयोजित एउटा भ्रमणमा भाग लिनु थियो । उनीहरुलाई स–साना कुरा सोधिएको थियो । जसको आधारमा अनुसँन्धाताहरु उपरोक्त निष्कर्षमा पुगेका हुन् ।
    अर्को कुरा सिगरेट, बिडीको अम्मल छाड्न नसके तपाई नपुंसक पनि हुन सक्नुहुन्छ । हालैको अनुसन्धान अनुसार धुम्रपानका कारण पुरुष हर्मन प्रभावित हुन्छ । यौनमा रुचि रह“दैन । धुम्रपान गर्ने पुरुषहरुको यौनांगमा नियमित रगत प्रवाह हु“दैन जसको कारण त्यहा“का थुप्रै तन्तु नष्ट हुन्छन् । अनुसन्धानले पुष्टि गरे अनुसार जुन पुरुष सातामा एकपटक यौन सम्बन्ध राख्छन् उनीहरुमा नपुंसकता आउने सम्भावना दुई गुना बढी हुन्छ ।

No comments:

Post a Comment