पुनः बजार अनुगमन सुरु

बाँके (खजुरा), १४ मङ्सिर । 
चाडपर्व सकिएलगत्तै रोकिएको बजार अनुगमन कार्य बाँके जिल्लामा फेरि सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत एवम् बजार अनुगमन उपसमितिका संयोजक वसन्तकुमार कनोजियाले केही समय अनुगमन कार्य रोकिए पनि पुनः निरन्तरता दिइएको बताउनुभयो । टोलीले मङ्गलबार नेपालगन्जको गणेशमान चौकस्थित दुई ग्यास पसल, एउटा जनरल पसल, डेरी पसल तथा दङ्गाली होटेल र कृष्णा कटेजको निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा नापतौलका ढक अनियमित भएको पाइएको, व्यवसायका लागि प्रमाण पत्र नराखिएको र मूल्यसूची नराखेको पाइएको कनौजियाले जानकारी दिनुभयो ।  अनुगमनपछि व्यवसाय सञ्चालकलाई प्रमाणपत्रसहित जिल्ला प्रशासनमा हाजिर हुन समितिले निर्देशन समेत दिएको छ । आगामी दिनमा मूल्यसूची अङ्कित गरिएको सामान बिक्री गर्न पनि टोलीले निर्देशन दिएको छ ।

No comments:

Post a Comment