सुर्खेत, १ फागुन ।
यही १४ गतेदेखि सुर्खेतमा दादुरा तथा रुवेला रोगविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले सोमवार पत्रकार सम्मेलन गरी नगरपालिकासहित पूर्वी सुर्खेतमा फागुन १४ र बाँकी स्थानमा फागुन २८ गतेदेखि सो रोगविरुद्धको खोप अभियान थाल्ने जानकारी गराएको छ ।

कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक मुकुन्द गौतमले दादुरा रोगको जस्तै लक्षण देखिने भएकोले सुर्खेतसहित मध्यपश्चिमका बाँके, दाङ, बर्दिया, प्युठान र रोल्पा गरी ६ जिल्ला र सुदूरपश्चिमका सवै जिल्लाहरुमा यो रोग विरुद्धको खोप लगाइने जानकारी दिए । उनले जिल्लाका ९ महिनादेखि १५ बर्षभित्रका झण्डै १ लाख २९ हजार बालबालिकाहरुलाई खोप लगाइने बताए । रुवेला रोगको लक्षण दादुराको जस्तै शरीरमा विमिरा आउनेलगायतका हुन्छन् ।
अत्यधिक महँगो मानिएको सो खोप सुरुमा पहिलोपटक मध्य तथा सुदूरपश्चिम बाट थालिएको जानकारी दिदैं उनले यस खोप लगाउन एक हजार बढी तालिम प्राप्त स्वास्थ्यकर्मीहरु खटिने बताए । सोही अवसरमा पोलियो थोपा पनि खुवाइने कार्यालयले जनाएको छ । यस रोग लागेमा बालबालिकाहरुको शरीरमा विमिरा आउने, अपांग तथा असक्त हुने बताइएको छ ।
No comments:
Post a Comment