नयाँ प्रविधिबाट टायल बनाउने मिल स्थापना

Bookmark and Share 
सुर्खेत, १ फागुन ।
    सुर्खेतको लाटिकोइलीस्थित सूर्य व्लक एण्ड टायल उद्योगले प्रेसरबाट विभिन्न डिजाइनका टायल उत्पादन गर्ने मेसिनको सोमवार उद्घाटन गरेको छ । उद्योगले आयल हाड्रोलिक प्रेस फरप्यभर नाम नयाँ टायल मेसिनले तीन प्रकारका टायल उत्पादन गरी विक्री वितरण गर्न सुरु गरेको छ । सो मेसिनबाट भित्ता, भुँई र गाडी राख्ने ठाउँ ग्यारेजमा लगाउने तीन प्रकारका टायल उत्पादन गरिने उद्योगका संचालक दिपक पन्तले बताए ।

    करिव ८ लाखको लागतमा संचालन गरिएको यो मेसिन सुर्खेतका लागि नयाँ प्रविधि भएको उनको भनाइ छ ।
    यस मेसिनबाट उत्पादन हुने टायलहरु विभिन्न रंगमा पनि उत्पादन गर्न सकिने उनले जानकारी दिए । मेसिनले विभिन्न डिजाइनका दैनिक करिव ढाई सयदेखि ५ सयसम्म टायल उत्पादन गर्न सक्ने उनले बताए । 

No comments:

Post a Comment