सुर्खेत, १ फागुन ।
नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष देउलासिंह ठकुरीमाथि गत शनिवार राती सुर्खेतको एरिचौक नजिकै केही गलत प्रवृत्तिका व्यक्तिहरुबाट भएको कुटपिट र दिइएको ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ सुर्खेतले सोमवार विज्ञप्ति प्रकाशित गरी स्थानीयस्तरमा सञ्चालित मिलको व्यवस्थापनका लागि आग्रह गर्दा मिल सञ्चालकबाट कुटपिट हुुनुले व्यक्तिगत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन मात्र भएको छैन भन्दै स्वतन्त्रता र सुरक्षितसाथ बाँच्न पाउने अधिकारमाथि नै आक्रमण गर्न खोजिएकोमा पत्रकार देउलामाथि गरिएको आक्रमणको निन्दा गरिएको छ ।
आगामी दिन यस्ता कानुन विपरितका क्रियाकलाप नदोहोर्याउन सम्बन्धित व्यक्तिहरुको ध्यानाकर्षण गराउँदै पीडित पत्रकार ठकुरीलाई न्याय र राहतका साथै पीडकहरुलाई कानुन बमोजिम कारवाहीका लागि सम्बन्धित निकायसंग अनुरोध गरिएको महासंघ सुर्खेतका सचिव गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
No comments:
Post a Comment