सुर्खेत, २९ माघ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री भानुभक्त जोशीले जातीयताका आधारमा गरिने राज्य पुनर्संरचनाले संघीयताको मर्मलाई सम्वोधन गर्न नसक्ने बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व वन मन्त्री भानुभक्त जोशीले जातीयताका आधारमा गरिने राज्य पुनर्संरचनाले संघीयताको मर्मलाई सम्वोधन गर्न नसक्ने बताएका छन् ।
नेकपा एमाले सुर्खेतले मेहेलकुनामा आयोजना गरेको दुई दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले नेपालीको गौरव जोगाउने सामथ्र्य र महिमामा आधारित संघीयता आवश्यक भएको बताए । नेकपा एमालेलाई देशको एकमात्र विकल्प शक्तिको रुपमा स्थापित गर्न यो गाउँ अभियानलाई वडा टोलहरुमा पुर्याउनुपर्ने उनको भनाइ छ । उनले देशलाई सही नेतृत्व दिने सन्तुलित विचार बोकेको पार्टी नेकपा एमाले मात्र भएकोले एकताबद्ध र बलियो पार्टी निर्माण गर्न सबै कार्यकर्ताहरु लाग्नुपर्ने बताए ।
सभासद कमला शर्माले आफ्नो क्षेत्रको विकासका लागि आफू लागि रहने बताएकी छन् । कार्यक्रममा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बालकृष्ण वि.सी., नेकपा एमाले भेरी अञ्चल सचिव रत्नप्रसाद शर्मा, अञ्चल सदस्य चुँडामणि शर्मा, क्षेत्रीय कमिटी उपाध्यक्ष टिकाराम सुवेदी, एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेत लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
भेलाको दोस्रो दिन आज सोमवार नेताहरुले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । कार्यक्रम क्षेत्रीय कमिटीका अध्यक्ष मानबहादुर खत्रीको सभापतित्वमा भएको थियो । क्षेत्रीय भेलापछि क्षेत्र नं. १ का १७ वटा गाविसमा समेत अभियान सञ्चालन गरिने जनाइएको छ ।
No comments:
Post a Comment