सुर्खेत, २९ माघ ।
पश्चिम सुर्खेतका पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै यही फागुन २५ गतेदेखि पश्चिम सुर्खेत पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना गर्न लागिएको छ ।
पश्चिम सुर्खेतका पर्यटकीय क्षेत्र ओझेलमा परेको भन्दै यही फागुन २५ गतेदेखि पश्चिम सुर्खेत पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना गर्न लागिएको छ ।
महोत्सव मूलआयोजक समितिले आइतवार पत्रकार सम्मेलन गरी सुर्खेतको पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्र ओझेलमा परेका कारण त्यसको प्रचारप्रसारका लागि सालकोट गाविसमा महोत्सव आयोजना गर्न लागिएको जनाएका छन् । पश्चिम सुर्खेतका बराह ताल, चमेरे गुफा, जाजुरा दह, गुप्ती ताल, पाँचतले गुफालगायत पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्न यही फागुन २५ देखि २९ गतेसम्म महोत्सव संचालन गरिने मूलआयोजक समितिका संयोजक तिलकराम अधिकारीले बताए ।
सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकसहित ५० हजारले अवलोकन गर्ने अनुमान रहेको उनको भनाइ छ । महोत्सवमा करिव ३० लाख बराबरको खर्च हुने आयोजकले जनाएको छ ।
विकासको दुष्टिकोणले पछाडि परेको पश्चिम सुर्खेतमा महोत्सव संचालनमा केही चुनौतीसमेत रहेको उनले बताए । महोत्सवको आयोजना गर्न लागिएपछि बड्डिचौरबाट करिव १० किलोमिटर सडकको स्तरोन्नति गर्न लागिएको सालकोट गाविस सचिवसमेत रहेका आयोजक समितिका संयोजक अधिकारीले बताए । उनका अनुसार महोत्सवस्थलबाट पर्यटकीय स्थलसम्म पुग्नका लागि सडकको निर्माण भइरहेको छ । महोत्सवका लागि जिल्ला विकास समितिले ५ लाख बजेट छुट्याइएको उनले जनाएका छन् ।
पर्यटकहरुलाई बस्नका लागि स्थानीय होटलहरुको स्तरोन्नका लागि काम भइरहेको बताउँदै सालकोट गाविसमा होमस्टेको तालिमसमेत दिएको उनले बताए ।
No comments:
Post a Comment