- हरिलाल महतारा
अधिकार कसैले दिने कुरा होइन, यो त लिने कुरा हो । नेपाली शिक्षक आन्दोलन तमाम उपलब्धीहरुसंग जोडिएको छ । सदियौं देखि राज्यबाट थिचिएको मिचिएको शिक्षा क्षेत्र गौरवपूर्ण इतिहास स्थापनाका लागि जुरुक्क गढिरहेको छ यतिबेला यो सशक्त आन्दोलन आफ्ना मागहरु उपलब्ध नगरेसम्म विश्राम लिनेवाला छैन । यसले अझै निर्णायक आन्दोलनको घोषणा गर्न बाँकी नै छ । हेरौं सरकारले कुन प्रकारको प्रतिक्रियाा देखाउँछ । त्यसैमा आन्दोलनको रुप फेरिने पक्का छ ।
सडकमा हुँदा दलहक क्रान्तिकारी हुने सत्तामा पुगेपछि सुधारवादी र प्रतिगामी बन्ने पुरानो रोगले नेपाली राजनीति धमिलिएको छ । यो धमिलिएको राजनीतिलाई सफा र शुद्ध गर्न शैक्षिक आन्दोलन एकमात्र कडी हो भन्ने लाग्छ । आज नेपाली जगतका सम्पूर्ण शिक्षकहरु आफ्ना हक अधिकारका लागि यसरी जुटेको यो पहिलो घटना हो । पक्कै पनि यसपालिको शिक्षक आन्दोलन चानचुने हुनेछैन । हिजो शिक्षकहरु टुटफुट भयौं । आफैभित्र केहीसत्ता पक्ष र केही प्रतिपक्ष बन्यौ । सत्ताको खेलमा हामी रुमल्लियांै । तर आज हाम्रो दिमागमा घाम लागेको छ । अब अधिकार प्राप्तिका लागि फुटेर होइन जुटेर हामी सफल बन्ने पाठ प्राप्त भएको छ । फुटाउ र राज गरेको सरकारका हतकण्डा यसपाली चुकनाचुर भएको छ । जस्तो सुकै कठिन चुनौतीहरु लाई पनि पार गर्दै स्वाभिमानी शिक्षकहरुले शिक्षामा आमुल परिवर्तन गरेर छाड्ने कसम खाने दिन आएका छन् ।
लोकतन्त्र र प्रजातन्त्रको नामले मात्र पेटमा माड जाँदैन । न त गणतन्त्रको डम्फु बजाइले नै इज्जत ढाक्न पुग्छ । तसर्थ केही पाउनका लागि केही गुमाउनु पर्छ । कर्मका रेखाहरु त्यसै केरिदैनन् । बिना पौरख र स्वाभिमान न त शिर ठाडो हुन सक्छ । आफ्नै हात खुट्टामा जिएरै छाड्ने र जिउन सिकाउने एक महान व्यक्तित्व, अभिभावक, संगठन, अभिनेताका रुपमा गुरुहरुलाई कमैले बुझेका छन् । नेपालमा त्यसैले त ‘रातभरी करायो दक्षिणा हरायो’ भन्ने उखान चरितार्थ भएको छ । दशौं वर्ष पढायो, लेखायो, देश बनायो त्यही बहादुरमाथि लाठी प्रहार गर्छन्, अश्रु ग्याँस छाड्छन्, महिलाहरु माथि बुट बजार्छन् र नालायकीपन देखाउँछन् यहाँका प्रशासकहरु । अनि त राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा निन्दा हुन्छ । उनीहरुको आन्दोलनले चर्को रुप लिन्छ । फेरि र बल्ल होस् खुल्छ उनीहरुको अनि त माफी माग्छन् । कान समाउँछन् र कार्वाही पनि भोक्छन् । बेलैमा वुद्धि नपुर्याउनेहरु । यसपालीको शिक्षक आन्दोलनमा भयो त्यही वास्तवमा शान्तिपूर्ण रुपले आन्दोलन गर्न पाउने आफ्ना मागहरु पेश गर्न पउने संवैधानिक हकलाई पनि कुल्चेर केही फुलीको आश गर्ने लोभी पापीहरुको गलत मनस्थितिका कारण नेपाली शैक्ष्कि आन्दोलनलाई घरपकड गर्ने कामहरु भएका छन् । यस्ता कार्य लोकतन्त्रका निन्दनीय अबाञ्छनीय, विवेकहीन र क्षणिक उत्तेजनाका पराकाष्ट सिवाय अरु केही हुन सक्दैन । त्यसो भएको हुनाले यो शैक्षक आन्दोलन एक वैज्ञानिक न्यायपूर्ण अभियान हो । शिक्षा क्षेत्रमा भएका अन्यायपूर्ण र असमानतापूर्ण व्यवस्थालाई साम्य पार्ने अभिव्यक्ति हो ।
शिक्षक सधैंभरी कसैको खेताला भएर बस्न सक्दैन । उसको आफ्नै स्वतन्त्रता पहिचान छ । ऊ एउटा विचारको पुञ्ज पनि हो । ऊ आफू जलेर अरुलाई शिक्षा दिने मैनवक्ति हो शिक्षकको अभावमा गाउँठाउँ र समाज अँध्यारो हुन्छ । आज त्यही शिक्षक वर्षौं वर्षसम्म आधा पेट आधा रोटी काम गरिरहेको छ । एक सुनौलो आशा बोकेर । तर उसको आशामा तेजाब खन्याइन्छ सधैंभरीको अस्थायी बनाएर, पि.सी.एफ, राहत, इ.सी.डि. परियोजना आदिआदि बनाएर यतिमात्र होइन एउटै राहतमा तीजना, एउटै पि.सी.एफमा २ जना, एक हजार, दुई हजार, तीन हजार बाँडेर खानुपर्ने तर कर्तव्य निभाउनु पर्ने दश देखि चार । यस्तै दु:ख कष्ट गरिरहेका छन् नेपाली शिक्षकहरुले । र भनिन्छ, सरकारी विद्यालय र सरकारी शिक्षक कत्रो गौरब, कत्रो सान । उसका पनि बालबच्चा होलान् घर परिवार होलान् । एक मापदण्ड, एक गतिलो आधार कहिलेसम्म बनाउने सरकारले शिक्षकका लागि । एउटा मजदुर दाइले पनि ८ घण्टा काम गर्नुभयो भने २, ३ सय रुपैयाँ त पाउनुहुन्छ । तर एउटा शिक्षक जसको दिनको ३३ रुपैयाँ । के पुग्छ यो तेत्तीस दामले ? राष्ट्रलाई ब्रम्हलुट बनाएर रातारात नवधनाढ्य वर्ग बन्न दुई मिनेट लाग्दैन नेताहरुलाई । हिजो फुटपातमा चप्पलसंग हिंड्ने नेताज्यूहरु, क्रान्ति र आदर्शका कुरा गर्नेहरु आज कसरी भुल्दैछन् ? हिजो भर्खरका बच्चाहरु ।
सर्वसुलभ, वैज्ञानिक, नि:शुल्क, जीवनपयोगी, गुणस्तरीय शिक्षा, सरकारी शिक्षा जस्ता नारा लगाउनेहरु आज के ले रोकेर थाती बन्दैछन् ? व्यापारीकरण, भ्रष्टाचारका नामो निशान नसुन्नेहरु आज केले प्यारा बन्दैछन् ती बस्तुहरु ? थुइक्क लाछि क्रान्तिकारीहरु काम गर्न सकिदैंन धने सत्तामा बसिरहने अधिकार छैन । तिम्रो । छोडेर आज ? सडकमा हामी साथ दिनेछ तिमीलाई हैन भने न्यायपूर्ण शिक्षकहरुको आन्दोलनमाथि दमन गर्ने कुचेष्टा नगर पञ्चे शैलीमा प्रदर्शन नगर , हिटलर र मुसोलिनी जस्ता तानाशाह पनि जनताको वलमा स्वाहा भएका छन् । तिमी भत्ता खाँदै तर हामी लत्ता दिंदै गर्छौं । हेरौं तिमी कतिसम्म शयल गर्छौं । आलिशानताको महलमा । हाम्रो आन्दोलन जारी छ । आन्दोलनले रात भन्ने छैन । न त दिन भन्ने छ । न यसले झरी भन्ने छ । यो निरन्तर अगाडि बढिरहने छ । जति बेलासम्म यसका मागहरु पूरा हुने छैनन् त्यती बेलासम्म आन्दोलन रोकिने छैन । याद गर्नु कति बेला मुठभेड तपाई शिक्षामन्त्री ज्यूसंगै हुनेछ । अनि त्यही भलाकुसारी गरौंला ।
वलिदानी र त्यागको इतिहास हो संघर्ष । नेपाली शिक्षक आन्दोलन न त हिजो पञ्चेहरुले दवाउन सके नत बहुदलवादका दलहरुले सके । नत यो आन्दोलन गणतन्त्रका नाइके भन्नेहरुले नै सक्छन् । बेलैमा चेतना छभने शैक्षिक समस्यालाई चाँडो हल गर । तिमी जनताका प्यारो बन्ने हौ भने निकास देउ एक खुल्ला आकाशको । नराख गुमराहमा शिक्षा क्षेत्रलाई यो सामन्तवादी युग होइन । यसलाई बनाउ सक्छौ भने समाजवादी युग । खै कहाँ गए विपीका समाजवादहरु ? कहाँ गए माक्र्स ए·ेल्सका सपनाहरु ? कति कुल्चन्छौ दिनदहाडै ती सपनाहरु ? कति बन्छौ तिमी इतिहासका खलनायक ? अवपनि ढिलो भयो भने एक आधि र तुफान बन्नेछ आन्दोलन । चाहे हाम्रा टाउका फुटुन् या त हात भाँचियुन् या त शिक्षकहरुले वलिदान नै किन दिन नपरोस् ।
आन्दोलन किन हुन्छन् ? जहाँ अभाव र समस्याहरु हुन्छ् त्यहाँ आन्दोलन हुन्छन् नोली शैक्षिक आन्दोलन शिक्षा क्षेत्रमा भएका तमाम खालका असमानता पछौटेपन समस्या र अभावहरु रहेकाले नेपामा यो पछिल्लो समयमा आएर सशक्तरुप लिएको छ । यो आन्दोलनको सही निकास भनेको विगत बीसौं वर्षदेखि रहेका शिक्षकका स्थायी बन्ने सपना, समान अवसर प्राप्त, निजामती सरह सेवा सुविधा उपलब्धी शैक्षिक क्षेत्रलाई सुविधा सम्पन्न, समुदायमा विद्यालय हस्तान्तरण, बन्द गर्दै शिक्षालाई सरकारले पूर्ण जिम्मा लिनुपर्ने जस्ता महत्वपूर्ण पक्षलाई सरोकारवालासंगको सरोकार बिना नै सरकारले एकलौटी ढंगबाट ल्याउने शिक्षा नियमावलीको कुनैपनि औचित्य नहुने हुन्छ ।
शिक्षकका सेवा सवधी गणना, आन्तरिक प्रतिस्पर्धा, उमेरको हद, गोल्डेन हेण्डसेक, पेन्सन सुविधा अंगभंग धाइते, निलम्बन अवकाश आदि पक्षलाई नहेरिकन शैक्षिक उपलब्धी भएको मान्न सकिने छैन । समग्रमा शैक्षिक आन्दोलन निरन्तर भइरहन्छ । जे होस् सरकारले शिक्षा मन्त्रालयमार्फत योजना पस्कनुपर्छ । जसले केही समयका लागि शिक्षा क्षेत्रमा देखिएको अन्यौल, अभाव र समस्या हल भएर जाने र हजारौं शिक्षकहरुले राहतको महसुस गर्न पाउनेछन् ।
(लेखक शिक्षक हुन्)
No comments:
Post a Comment