जाजरकोट, २७ फागुन ।
कुपोषणले ग्रस्त जाजरकोट खलंगा–६ रिसाङ की कमला नेपालीको ४ महिनाको बच्चालाई यसै साता जिल्ला अस्पतालमा भर्ना गरियो तर अस्पतालमा नि:शुल्क पाइने औषधि नहुँदा उनको बच्चालाई डिस्चार्ज गरियो ।
४ महिनाको कमलाको बच्चा कडा खालको कुपोषणका कारण ४ किलो मात्र छ । कुपोषित बच्चालाई खुवाउने एफ १०० अस्पालमा म्याद सकिएको र नयाँ औषधि नआएका कारण उपचारमा समस्या परेको स्टाफ नर्स शान्ता शाहले बताइन् । उनले कुपोषित बालबालिकालाई खुवाउने औषधि नहुँदा डिस्चार्ज गर्नुपरेको बाध्यता सुनाइन् । गरिवीका कारण निजी मेडिकलमा औषधि किन्न नसक्ने कमलाले बताइन् ।

उनी मात्र होइन, कुपोषित बालबालिकालाई खुवाउने औषधि नहँुदा युनिसेफको सहयोगमा डेढ बर्षदेखि जिल्लामा संचालित कुपोषण व्यवस्थापन कार्यक्रम प्रभावित भएको छ । औषधिको म्याद सकिंदासम्म पनि सम्वन्धित निकाय उदासिन हँुदा उपचार सेवा प्रभावित भएको हो । विरामीहरु उपचार नपाएर फर्कन थालेका छन् । समुदायमा आधारित कुपोषण व्यवस्थापन कार्यक्रम (सीमाम) की कार्याक्रम संयोजक दुर्गा खड्काले स्टोरले भएको औषधिको म्याद सकिएको समयमा जानकारी नदिएपछि समस्या आएको स्वीकार गरिन् ।
उनले तत्काल औषधि पठाइदिन सम्वन्धित निकायमा माग गरिएको जानकारी दिइन् । उनले छिट्टै औषधि आउने बताइन् । जिल्लामा कार्यक्रम सुरु भएदेखि करीव ८ सय कुपोषित बालबालिकालाई उपचार गरिएको छ ।
No comments:
Post a Comment