सुर्खेत, २५ फागुन ।
सुर्खेतमा विगत एक दशकदेखि महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा दुव्र्यवहारको विरुद्ध काम गर्दै आएको आवाज संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । ‘वुमन डेलिभर’ नामक अन्तर्राष्ट्रिय संस्थाले आवाजलाई महिला तथा बालबालिकाहरुको बहस र पैरवी क्षेत्रमा अवार्ड दिएको आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक पवित्रा शाहीले जानकारी दिइन् ।

फागुन १९ गतेसम्म अनलाइन भोटको आधारमा आवाज छनौट भएको थियो । उनका अनुसार आवाजलाई १ सय ३ वटा देशबाट ८ हजार बढी भोट प्राप्त भएको थियो । अवार्ड कहिले कहाँ दिने मिति तय नभएपनि संस्था अन्तर्राष्ट्रिय अवार्डमा छनौट भएकोमा आफूहरुलाई थप जिम्मेवारी बोध भएको शाहीले बताइन् ।
आवाजलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिदैं उनले संस्थाको अव अन्तर्राष्ट्रिय पहिचान भएको जनाइन् । यसैवीच आवाजलाई जिल्ला महिला समन्वय समिति र नगर समन्वय समितिले महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत अन्तर्राष्ट्रिय नारी दिवसमा विहीवार सम्मानित गरेको छ ।
No comments:
Post a Comment