सालकोट महोत्सव सुरु

Bookmark and Share 
पश्चिमको विकासका लागि १८ बुँदे माग
सुर्खेत, २५ फागुन ।
    ‘सुर्खेतको गौरव, सुर्खेतको शान, पर्यटन र सांस्कृति पहिचान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ विहीवारदेखि सालकोटमा पश्चिम सुर्खेत पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।
    महोत्सवको पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री दिलिप महर्जनले उद्घाटन गरे । उनले सुर्खेतको पर्यटनको विकास गर्न आफूले पहल गर्ने आश्वासन दिए । उनले पर्यटकीय स्थलको प्रवल सम्भावना भएकोले योजना बनाएर पठाए सहयोग गर्न प्रतिवद्धता जनाए ।
    सो अवसरमा महोत्सव आयोजक मूल समितिका संयोजक तिलकराम अधिकारीले पश्चिम सुर्खेतको विकासका लागि १८ बुँदे मागपत्रसमेत राज्यमन्त्री महर्जनलाई बुझाएका छन् ।

    मागहरुमा सुर्खेतदेखि डोटी दिपायल सडक निर्माण गर्नुपर्ने, चौकुने सिमेन्ट उद्योगको संचालन हुनुपर्ने, पश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको संरक्षण तथा संवद्र्धन गरिनुपर्ने, भेरी कर्णाली जलयात्रा संचालन हुनुपर्ने, विद्युत लाइन सवै गाविसमा विस्तार गर्नुपर्ने, सुर्खेतलाई प्रादेशिक सरकारको केन्द्रविन्दुको रुपमा विकास गर्नुपर्नेलगायत छन् ।
    यसैगरी हेर्रेदेखि लेखपराजुल हुदैं तेलपानी तातापानी जोड्ने कृषि सडक निर्माण गरिनुपर्ने, कल्याणकाँधदेखि भक्तडी हुदैं बेनीघाट डोटी सडक बनाइनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख छ । महोत्सवको उद्घाटनसत्रमा पूर्व राज्यमन्त्री एवं सभासद् खड्गबहादुर बस्याल, नरबहादुर विष्ट, पूर्व सांसद ह्दयराम थानी,  माओवादी पोलिट्व्युरो सदस्य धर्मेन्द्र बास्तोला, नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्ट, एमालेका धु्रव शाही, माओवादीका कृष्ण जिसीलगायतले बोलेका थिए ।
    एक सय बढी स्टल राखिएको महोत्वसमा बन्दका कारणले केही स्टलहरु खाली रहेका छन् । बहिर्गमित लडाकुहरुको बन्दका कारणले महोत्सवलाई प्रभावित बनाएको थियो ।  

No comments:

Post a Comment