जेसीजले ज्ञापनपत्र बुझाउने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १३ चैत ।
    शान्ति प्रक्रियालाई तार्किक निस्कर्षमा पुर्‍याउन र निर्धारित समयभित्रै संविधान जारी गर्न माग गर्दै वीरेन्द्रनगर जेसीज र सुर्खेत महिला जेसीजले संयुक्त रुपमा जिल्लास्थित ठूला तीन राजनीतिक दलहरुलाई भोलि (बुधबार) ज्ञापनपत्र बुझाउने भएका छन् । लोकतान्त्रिक संविधान जेठ १४ भित्रै जारी गर्न र शान्ति प्रक्रियालाई चाँडो टुंगोमा पुर्‍याउनका लागि दवाव दिने उद्देश्यले ज्ञापनपत्र बुझाउन लागिएको वीरेन्द्रनगर जेसीजका अध्यक्ष भद्र भण्डारीले जानकारी दिए ।
नेपाल जेसीजको निर्देशन अनुसार वीरेन्द्रनगर जेसीज र सुर्खेत महिला जेसीजले ज्ञापनपत्र बुझाउन लागेका हुन् । ज्ञापनपत्र बुझाउनुअघि मंगलगढीचोकबाट मोटरसाइकल र्‍याली निकालिने सुर्खेत महिला जेसीजका अध्यक्ष सीमा चन्दले बताइन् । उनका अनुसार बुधबार विहान ७ बजे मंगलगढीचोकबाट निकालिने मोटरसाइकल र्‍यालीले बजारका विभिन्न भागहरुको परिक्रमा गरेर ८ बजे तीनवटै राजनीतिक दलका प्रमुखहरुलाई भेटेर ज्ञापनपत्र दिइने छ ।

No comments:

Post a Comment