काठमाडौं, १३ चैत ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संसदीय दलको बैठकमा कुटाकुट भएको छ । संसदीय दलका नेता चयनबारे छलफलका लागि बोलाइएको बैठकमा निलम्वित सभासद बीपी यादवले कृषिमन्त्री नन्दनकुमार दत्त र विना विभागीय मन्त्री राजलाल यादवमाथि हातपात गरेका हुन् ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकको संसदीय दलको बैठकमा कुटाकुट भएको छ । संसदीय दलका नेता चयनबारे छलफलका लागि बोलाइएको बैठकमा निलम्वित सभासद बीपी यादवले कृषिमन्त्री नन्दनकुमार दत्त र विना विभागीय मन्त्री राजलाल यादवमाथि हातपात गरेका हुन् ।
बैठकमा छलफल चलिरहेका बेला यादवले निलम्बित सभासद किन बैठकमा आएको भनी प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । यादवले भने, ‘मेरा कुरामा समर्थन गरेको भन्दै दत्तजीमाथि जाइलाग्नुभो, म डिफेन्स गर्न जाँदा कठालो समात्यो ।’ बीपीले तान्दा यादवको सर्टको टाँक नै फुस्किएको छ । अन्य सभासदले छुट्याएपछि पनि बीपीले आफूमाथि कुर्सीले आक्रमण गर्न खोजेको र पछि आफ्नो सुरक्षागार्डले सुरक्षितरुपमा बैठक कक्षबाट बाहिर निकालेको विना विभागीय मन्त्री यादवले जानकारी दिए ।
दत्त दलका उपनेता हुन् भने यादव सचिव हुन् । बीपी रातो पासपोर्ट दुरुपयोगको अभियोगमा निलम्बनमा परेका छन् ।
विना विभागीय मन्त्री यादवले आफूहरुमाथि आक्रमण हुँदासमेत कार्यबाहक अध्यक्ष राजकिशोर यादव मूकदर्शक भएको आरोप लगाए । बीपीलाई कार्यबाहक अध्यक्षले नै बोलाएको उनको अरोप छ । ‘बुझ्दै जाँदा बीपीलाई पनि कार्यबाहक अध्यक्षले बोलाउनु भएको देखियो’ यादवले भने, ‘त्यही भएर उहाँले केही गर्नुभएन ।’
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि फोरम गणतान्त्रिकभित्र विवाद चुलिएको छ ।
अहिले संसदीय दलका नेता र संचारमन्त्री को हुने भन्नेमा चर्को विवाद रहेको र झगडाको कारण त्यही भएको बताइएको छ । कार्यबाहक अध्यक्ष यादव आफै संसदीय दलका नेता हुनुपर्ने अडानमा छन्भने राजलाल लगायतका नेताहरुले मानेका छैनन् ।
No comments:
Post a Comment