तेस्रोलिंगीका लागि सार्वजनिक शौचालय निर्माण

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 

नेपालगन्ज, १५ चैत ।
 तेस्रोलिंगीका लागि नेपालगन्जमा पहिलोपटक सार्वजनिक शौचालय निर्माण गरिएको छ । स्थानीय बागेश्वरी मन्दिरपार्कमा रहेको सार्वजनिक शौचालयसंगै निर्माण गरिएको सो शौचालयको तेस्रोलिंगी सभासद् सुनिलबाबु पन्तले बुधवार उद्घाटन गरे । उनले आफ्नै सांसद विकास कोषबाट उपलब्ध गराएको रु. तीन लाखको लागतमा पश्चिम तारा नेपालले सो शौचालय निर्माण गरेको हो । त्यस अवसरमा उनले तेस्रोलिंगीलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तनका लागि पनि शौचालय निर्माणले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment