सुर्खेत, १५ चैत ।
भेरी अंचल आयुर्वेद अस्पतालले वीरेन्द्रनगर नगरपालिकामा कार्यरत महिला स्वयंसेविकाहरुलाई आयुर्वेदिक जनचेतना तालिम दिएको छ । बुधवार दिइएको तालिमको उद्घाटन अस्पताल सहयोग समितिका अध्यक्ष ओमबहादुर बोहराले गरेका थिए ।
तालिममा पत्रकार लीलाधर गौतम, अस्पतालका डा. मदनकुमार विसी, कविराज श्रीराम आचार्यलगायतले बोलेका थिएभने नगरका सवै वडाका गरी २४ जना महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment