परीक्षा हलमै चौथो सन्तान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रुकुम, १५ चैत । 
जारी एसएलसी परीक्षाको छैठौं दिन एक छात्रा परीक्षा हलमै सुत्केरी भएकी छन् । योसंगै परीक्षा हलमै सुत्केरी हुने छात्राको संख्या रुकुममा मात्रै चार पुगेको छ । स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको परीक्षा भइरहेको बेला मग्मा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हरिमाया कुसारीले छोरा जन्माएकी हुन् । 
माध्यमिक विद्यालय दुली मेलचौरकी छात्रा कुसारीले परीक्षा सुरु भएको दुई घन्टापछि छोरा जन्माएको सहायक केन्द्राध्यक्ष रतिभान जैसीले जानकारी दिएका छन् । कुसारीले अर्कोलाई सट्टा राखेर परीक्षा दिएको पनि उनले बताए । यसअघि परीक्षाको पहिलो दिन तकसेरा परीक्षा केन्द्र तकसेरा र  नायगाड परीक्षा केन्द्र प्वाङकी छात्रा सुत्केरी भएका थिए । परीक्षाको दोश्रो दिन सोलावाङ केन्द्र खलंगाबाट परीक्षामा सहभागी अर्की एक छात्रा पनि परीक्षा हलमै सुत्केरी भएकी थिइन् ।

No comments:

Post a Comment