
कुखुराका ४ वटा खुट्टा देखेपछि उनले त्यसको मासु खाने वा नखाने भन्ने दोधारमा परे । घरकै जहानले त्यो कुखुरा राक्षसको प्रतिक हुनसक्छ भनेपछि उनीहरुले त्यसलाई मासु पकाएर खाने साहस गर्न सकेनन् । एक पत्रिकासंगको अन्तर्वार्तामा तियनले भनेका छन्, ‘मैले उक्त कुखुरा खाने साहस गर्न सकिन र सिधै त्यसलाई फोहोरमा
फ्याँकिदिएँ ।’ उनले आफूलाई ४ खुट्र्टा भएको कुखुरा बेच्ने सुपरमार्केट विरुद्ध उजुरी गरेका छन् । उजुरी अनुसार प्रशासनले सुपरमार्केट र कुखुरा आपूर्ति गर्ने माथि अनुसन्धान गरिरहेको छ । यद्यपि ४ खुट्टे कुखुरा पाइएको घटना पहिलो भने होइन । यसअघि सन् २००५ मा अमेरिकामा पनि यस्तै ४ खुट्टे कुखुरा पाइएको थियो । विज्ञहरुले शरीरको जिनमा हुने परिवर्तनका कारण यस्तो विकृति हुने र त्यस्ता बढी खुट्टा भएका कुखुराको मासु खानु हानिकारक नहुने बताउँछन् ।
No comments:
Post a Comment