दुई वडा खुल्ला दिसामुक्त

Bookmark and Share 
सुर्खेत, २५ फागुन ।
    लेखगाउँ गाविसको दुई वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । वडा नं. ३ लेखगाउँलाई गत मंगलवार र वडा नं. ६ टाँडी गौजेनीलाई बुधवार खुल्ला दिसामुक्त घोषणा गरिएको हो । गाविसस्तरीय खानेपानी तथा सरसफाई समिति, लेखगाउँ स्वास्थ्य चौकी र नेवाको सहयोगमा खुल्ला दिसामुक्त घोषणा गरिएको हो । लेखगाउँ गाविसलाई आगामी जेठ ३० गतेभित्र खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने कार्ययोजना अनुरुप सुरुमा दुई वटा वडालाई दिसामुक्त बनाइएको लेखगाउँ स्वास्थ्यचौकीका इन्चार्ज राम भण्डारीले बताए । उनले अहिले गाविसभर पक्की शौचालय बनाउने अभियान तीव्ररुपमा बढिरहेको छ ।
यही गतिलाई हेर्दा नयाँ बर्षको दिनमा खुल्ला दिसामुक्त गर्न सकिने सम्भावना रहेको उनले बताए ।
    खुल्ला दिसामुक्त गरिएको वडा नं. ३ मा ३९ र वडा नं. ६ मा ९३ घरधुरीले पक्की शौचालय बनिसकेको छ । अहिले पक्की शौचालय बनाउने घरपरिवारलाई सरसफाई कार्डपनि दिन थालिएको जानकारी इन्चार्ज भण्डारीले दिए । शौचालय बनाए नबनाएको निरीक्षण गरेर वडाको सिफारिसमा घरपरिवारलाई सरसफाई कार्ड दिने गरिएको हो । यसैवीच जिल्लाभर रहेका ९ वटा इलाका स्वाथ्यचौकीमा लेखगाउँ स्वास्थ्य चौकी दोस्रो भएको छ । कार्यसम्पादन र मूल्यांकनमा उक्त चौकी दोस्रो भएको इन्चार्ज भण्डारीले बताए । 

No comments:

Post a Comment