‘महिलामैत्री संविधान बनाउँदैछौं’

Bookmark and Share 
सुर्खेत, २५ फागुन ।
    शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले महिलामैत्री संविधान बनाउन लागिपरेको बताएकी छन् । १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विहीवार सुर्खेतमा आयोजित कार्यक्रममा उनले अव बन्ने नयाँ संविधान महिलामैत्री हुने आश्वासन दिइन् । संसदमा रहेका महिलाहरु महिलामैत्री संविधान बनाउन एकजुट भएको बताउँदै उनले त्यसका लागि जिल्ला तहबाट पनि सवैले दवाव दिनुपर्ने धारणा राखिन् ।

    जिल्ला महिला समन्वय समिति सुर्खेतका उपाध्यक्ष हरिमाया शर्माको सभापतित्वम भएको कार्यक्रममा नेपाली कांग्रेसका जानकी सिंह, एमालेका लक्ष्मी शर्मा, माओवादीका सीता नेपाली, आवाज संस्थाका पवित्रा शाहीलगायतले बोलेका थिए । सोही अवसरमा चितवनमा बोक्सीको आरोपमा हत्या गरिएको घटनाको  विरोधमा शान्तिमन्त्री पहाडीले हस्ताक्षर  अभियान थालेकी थिइन् ।
    यसैवीच १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर–३ ले स्वास्थ्य तथा प्रजनन् तालिम दिएको छ ।
    संस्थाका महिला परिचालन उपसमितिका संयोजक सरस्वती गौतमको सभापतित्व एवं संस्थाका अध्यक्ष हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा भएको तालिममा संस्थाका ४० जना महिला शेयर सदस्यहरुको सहभागिता रहेको थियोभने सहजीकरण भुपेन्द्र गिरी र शुभकामना लिलाधर गौतमले दिएका थिए ।
    यसैगरी महिला सिर्जना बचत तथा ऋण सहकारी संस्था लि. दहचौरको आयोजना तथा जिल्ला बचत तथ ऋण सहकारी संघ लि.को समन्वय तथा महिला विकास कार्यालय र अन्तरनिर्भर समाजको सहयोगमा नारी दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ । विहीवार भएको दौड प्रतियोगिता महिला सिर्जना सहकारीका संचालक पार्वती चन्दले आफ्ना हकहितका लागि महिलाहरु स्वयं अघि सर्नुपर्ने बताएकी थिइन्भने अध्यक्षतामा संस्थाका अध्यक्ष गौतमले हमालले गरेका थिए ।  

No comments:

Post a Comment