बयकलाई मोटरसाइकल प्रदान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ चैत । 
डिस होम टिभीको फ्ल्याट खाने अफर अन्तर्गत सुर्खेत गुठु गाविस वडा नं. ४ का सन्तोषकुमार बयकलाई मोटरसाइकल प्रदान गरिएको छ ।
कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक बालकृष्ण रेग्मीले बयकलाई १ लाख ४५ हजार मूल्य बराबरको यामाहा वाईवीआर मोटसाइकल बुधवार प्रदान गरेका हुन् । बयकले वीरेन्द्रनगरस्थित जियोलिंक प्रालि अन्तर्गतको गुठुमा रहेको कागेश्वरी स्टेशनरीबाट गत फागुन महिनामा डिस होम खरिद गरेका थिए । सो अफरको पहिलो मोटरसाइकल बयकलाई परेको क्षेत्रीय व्यवस्थापक रेग्मीले बताए । मोटरसाइकल प्रदान कार्यक्रममा जियोलिंक प्रालिका संचालक दिलिपसिंह ठकुरीलगायतको उपस्थिति थियो ।

No comments:

Post a Comment