पदाधिकारी बैठक बोलाइने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत १५ चैत । 
सुर्खेत उद्योग बाणिज्य संघभित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष विष्णुबहादुर शाहीले पदाधिकारी समितिको बैठक बोलाउने भएका छन् । जागरण एफएमले बुधवार आयोजना गरेका एक कार्यक्रममा अध्यक्ष शाहीले सो जानकारी गराएका हुन् । उनले कानुन व्यवसायीहरुले पनि पदाधिकारी बैठक बोलाउन सुझाव दिएकाले त्यही बैठकबाट निर्वाचनको मिति पनि तोक्ने जनाए ।
उनका अनुसार महासचिव पदमबहादुर शाही पक्षधरले विधान विपरित काम गरेको र त्यसपछि सोधिएको स्पष्टिकरणमा जवाफ नदिएकोले ढिलाइ भइरहेको हो । बैशाख १२ गते नै निर्वाचन गराउने पक्षममा लागेको महासचिव पक्षधरको निर्णयलाई आफूले नमान्ने उनले जनाए ।
यता महाासचिव पक्षीय मानिने द्धितीय उपाध्यक्ष मोतीप्रसाद कंडेलले भने बहुमत सदस्यहरुले गरेको निर्णयबाट आफूहरु रत्तिभर पछाडि नहट्ने अडान लिए । आफूहरुले विधान विपरित काम नगरेको दावी गर्दै उनले यदि माफी माग्नुपर्ने भए दुवै पक्षले माग्नुपर्ने जनाए । यस्तै संघका कार्यसमिति सदस्य प्रवल शाहीले भने संघको चुनाव बैशाखमा नगरी साउनमा गर्न उचित रहेको धारणा राखेका छन्. । उनका अनुसार धेरै मतदाता विद्यार्थी भएकोले उनीहरु परीक्षा सकेर घर जाने भएकोले त्यसपछि चुनाव गर्नुपर्ने तर्क छ । उनले संघको विवाद लामो समयसम्म रहन नहुनेमा जोड दिदैं आफूहरु दुवै पक्षवीच उत्पन्न विवाद मिलाउनतर्फ अग्रसर रहेको दावी गरे । 

No comments:

Post a Comment