सुर्खेत, १५ चैत ।
वीरेन्द्रनगरबजारको नेता चोकमा आपसीमै रहेर ठेलामा फलफूल विक्री गर्ने एक व्यापारीले अर्काे साथीको फलफूलमा तेजाव हालिदिएका छन् । बुधवार विहान करिव ८ बजेतिर मुन्ना राईको फलफूलमा अर्का फलफूल व्यापारी गुड्डुले तेजाव हालिदिएका हुन् ।
स्याऊ, सुन्तला, अनारमा एसिड हालिदिएपछि मुन्नाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि गुड्डुलाई नियन्त्रणमा लिएको छभने एसिड हालिएको फलफूलहरु प्रहरी कार्यालयमा लगिएको छ ।
आफूले पुरानो पैसा मागेकोले आफ्नो आमालाई दुव्र्यवहार गरेको बताउँदै मुन्नाले त्यसैको रिसले तेजाव फ्याँकेको आरोप उनले लगाए ।
यता गुड्डुले भने आफूले तेजाव नहालेको दावी गरेका छन् । व्यक्तिगत रिसीवी सााध्नका लागि आफूलाई मुन्नाले फसाएको बताउँदै उनले स्याउहरु धुदैं गर्दा प्रहरी बोलाएको उनले जनाए ।
No comments:
Post a Comment