आज महासंघको प्रभातफेरी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ चैत । 
 नेपाल  पत्रकार महासंघको ५७ औं स्थापना दिवसको अवसरमा सुर्खेत शाखाले आज विहीवार विहान प्रभातफेरी गर्ने भएको छ । बुधवार महासंघद्वारा जारी विज्ञप्तिमा विहान ८ बजे मंगलगढी चोकबाट प्रभातफेरी निकालिने जनाइएको छ ।
यस्तै प्रभातफेरीपछि जेठ १४ भित्र शान्ति र संविधान शीर्षकमा महासंघको भवनमा अन्तरक्रियासमेत गरिने महासंघका सचिव गणेश कार्कीले जनाएका छन् । साथै शाखाको २० औं स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरि, रक्तदानलगायत मैत्रीपूर्ण खेलकुदमा सहभागिता जनाउने एवं सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरिएको छ ।

No comments:

Post a Comment