महँगी करिना

Bookmark and Share 
बलिउडका नायिकाहरु करिना, प्रियंका, कैट्रिना, ऐश्वर्या, विपाशा, काजोल, रानीमध्ये ‘को नम्बर वन नायिका’ भनी सोधियो भने जवाफ दिन गाह्रै हुन्छ । कमाइका हिसाबले भने करिना कपुर अरुभन्दा माथि छन् । गएको दुई वर्षमा मात्र उनी अभिनित ‘थ्री इडियट्स’, ‘गोलमाल ३’, ‘बडीगार्ड’ र ‘रा–वन’ ले एक सय करोडभन्दा माथिको व्यापार गरेको छ । यसैले उनी अहिले सय करोड क्लवमा रमाइरहेकी छन् । म्याडम तुसाडे म्युजियममा मैनको पुतलामा सजिएकी करिनाले मधुर भण्डारकरको चलचित्र ‘हिरोइन’ का लागि ८ करोड भारतीय रुपियाँ पाउने भएकी छन् । यो कुनैपनि बलिउड नायिकाले लिएको सर्वाधिक पारिश्रमिक हो ।
‘ल्याक्मी’, ‘एयरटेल’, ‘हिन्दुस्तान लिभर’, ‘सोनी’, ‘गीताञ्जली’, ‘लेभी’, ‘महिन्द्रा’ र ‘आईटिसी’ जस्ता ब्रान्डको विज्ञापनमा समेत देखिएकी उनी स्टेज शोमा पनि उत्तिकै जमेकी छन् । विज्ञापनको कमाइमा करिनाको नाम शाहरुख, आमिर र सलमानपछि आउँछ । क्रिकेटरहरुमा सचिन तेन्दुलकर र धोनी मात्र उनीभन्दा माथि छन् । करिनालाई चलचित्र पण्डितहरुले ‘आफ्नो समयको अमिताभ बच्चन’ समेत भन्न थालेका छन् ।

No comments:

Post a Comment