एक बर्षको पिरियडमा चार वटा फिल्म खेलिसकेकी रागिनी खड्गी चर्चित फाइट मास्टर राजेन्द्र खड्गीको छोरी हुन् । हुन त बाबु कलाकार भएपछि उसको सन्तानको रगतमा अभिनयको नशा नभएको कमै उदाहरण भेटिन्छन् । सोही अनुरुप छोटो समयमा चर्चित बनिसकेकी रागिनी बाबुकै कारण चर्चित बनेको कुरामा कुनै दुई मत छैन । त्यसैले होला जेनेरेशन ग्याप रहेको फिल्म इन्डस्ट्रिमा दोस्रो पुस्ताका कलाकारले पाइला राख्दा उसलाई मिडियाले पनि दिल खोलेर सहयोग गरिरहेको छ । अभिनयको हिसावले प्लान रागिनीको फष्ट फिल्म भएपनि रिलिज हिसावले उनको थर्ड फिल्म दुलहीरानी डेब्यू सिनेमाको रुपमा अगाडि आइदियो ।
अब प्रसंग जोडौं रागिनी कसरी हिरोइन भइन् भन्ने कुरामा । दुईबर्ष अघि भुवन केसीको सिनेमा ‘साथी म तिम्रो’ को सुटिङको समयमा राजेन्द्र खड्गी दुर्घटनामा परेका थिए त्यतिबेला उनलाई भेट्न निर्देशक शोभित बस्नेत हस्पिटल गएका थिए जहाँ थिइन् रागिनीको मम्मी पनि । त्यतिकैमा रागिनीको मम्मीले शोभितलाई भनिन्, ‘हाम्रो छोरीलाई पनि हिरोइन बनाउनु पर्यो ।’ जवाफमा शोभितले रागिनीको मम्मीको आग्रहलाई सोही समयमा डन गरिदिए तर सो कुरा राजेन्द्रलाई थाहा नदिने शर्तमा । त्यतिकैमा राजेन्द्र केही स्वस्थ भएपछि पोखरा सुटिङमा निस्किएका थिए जहाँ उनले नयाँ पत्रिका दैनिक किनेर हेर्दा आफ्नै छोरी हिरोइन बन्न लागेको खबरले तीनछक परे ।
रागिनीलाई हिरोइन बनाउने खबर पत्रिकाबाट एक्कासी थाहा पाएपछि राजेन्द्रले शोभितलाई फोन गरे, ‘मेरै छोरी हिरोइन हुन लागेको खबर पत्रिकाबाट थाहा पाउँदैछु । के हो शोभित मैले त बुझ्न सकिन नि †’ जवाफमा शोभितले आफ्नो नयाँ फिल्म प्लानबाट उनलाई हिरोइनमा डेब्यु गराउने निर्णय गरिसकेको बताएपछि खड्गी पनि प्रफुल्लित भए । यसरी रागिनी फिल्ममा आएको कुराको रहस्य दुलही रानीको प्रिमियर समारोहमा बताइएको थियो । कलाकारको सन्तान कलाकारितामा आउन हिच्किचाई रहेका बेला राजेन्द्रको छोरीले यो क्षेत्रमा पाइला राख्दा उनलाई अशोक शर्माले साथी राजेन्द्रको छोरी आफ्नो पनि छोरी भएको भन्दै रागिनीको सफलको फिल्मी यात्राको कामना गरेका थिए । दुलही रानी आउँदो शुक्रबारदेखि देशव्यापी रिलिज हँुदैछ ।

No comments:
Post a Comment