सुर्खेत, १४ चैत ।
प्रेस चौतारी सुर्खेतको जिल्ला भेला यही चैत २४ गते हुने भएको छ । मंगलवार अध्यक्ष युवराज शर्माको सभापतित्वमा भएको भेलामा चौतारीमा आवद्ध पत्रकारहरुको जिल्ला भेला चैत २४ गते पत्रकार महासंघको भवनमा गर्ने निर्णय भएको छ ।
नयाँ सदस्यता र नवीकरणका लागि सूचना प्रकाशन गर्ने तथा सदस्यता विस्तार समितिका पदाधिकारीमा चिरन्जीवि गिरी, लक्ष्मी भण्डारी र दीपेन्द्र वलीलाई मनोनित गरिएको सदस्यता विस्तार उपसमितिका संयोजक दिपक बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भेलामा पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतम र जिल्ला शाखा अध्यक्ष दुर्गा थापाको समेत उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment