सुर्खेत, १४ चैत ।
रेमिट्यान्सवारे सरोकारवालाहरुसंगको अनुभव आदन प्रदान कार्यक्रम मंगलवार गरिएको छ । वातावरण सुधार समाज सुर्खेतको आयोजना तथा अक्सफाम नेपालको सहयोगमा गरिएको अन्तरक्रियामा नेपालका अधिकांश नागरिकहरु भारतमा रोजगारीका लागि जाने गरेको र फर्कने क्रममा कमाएको रुपैयाँ बाटोमै चोरी हुनबाट जोगाउनका लागि रेमिट्यान्सको भूमिका महत्वपूर्ण हुने जानकारी गराइएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर विष्ट, वातावरण सुधार संस्थाका अध्यक्ष नेत्रा रेग्मी, अक्सफामका विभोर कायस्थ, टेलिकम प्रमुख पूर्णदेव सापकोटालगायतलेब ोलेका थिए ।
No comments:
Post a Comment