सुर्खेत, १४ चैत ।
सुर्खेतका पेट्रोल पम्पहरुले इन्धन भएरपनि नदिएको गुनासो बारम्बार आएपछि मंगलवार सुर्खेतका पम्पहरुमा छापा मारिएको छ । दिउँसो छापा मार्दा यहाँका ६ वटा पम्पहरुमा गरी २३ हजार ८ सय बढी लिटर डिजल र पेट्रोल लुकाएको अवस्थामा फेला पारिएको छ ।
अनुगमनमा क्रममा गंगामाला देउतीबज्यै आयल स्टोर्समा २३१ लिटर डिजल र १३ सय ४२ लिटर पेट्रोल, नाराय आयल स्टोर्समा १५ सय ८ लिटर डिजल र १७ सय ८३ लिटर पेट्रोल, उमा आयल स्टोर्समा डिजल ६०० लिटर र पेट्रोल ३४ सय ९४ लिटर, बुलबुले आयलमा डिजल ४१ सय १२ लिटर र पेट्रोल ८१४ लिटर, दिपमाला आयलमा डिजल ५२ सय ५९ लिटर र पेट्रोल ४१ सय २१ लिटर तथा बगाले आयलमा डिजल ३०८ लिटर र पेट्रोल २९७ लिटर लुकाइ राखेको अवस्थामा फेला परेको अनुगमनमा संलग्न राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष आकाशतारा बयकले जनाए । अनुगमनमा जिल्ला प्रशासनका कुलदेव गिरी, वीरेन्द्रनगर नगरपालिकाका दिलिपकुमार गुभाजु, जिल्ला प्रहरी कार्यालयबाट प्रवीण थापासहित बयकको टोली संलग्न थियो ।
No comments:
Post a Comment