इलाका हुलाक कार्यालयमा मदिरा पसल

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
जाजरकोट, १४ चैत ।
जिल्लाको सदरमुकामसंगै जोडिएको जगतिपुर गाविसको जगतिपुरमा रहेको अतिरिक्त हुलाक कार्यालयमै मदिरा पसल राखेर विक्री वितरण हुँदापनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन । 

अतिरिक्त हुलाकमा ४ जना कर्मचारीको दरबन्दी भएकोमा कार्यालयका मुख्य प्रतिनिधि  शशीराम पौडेलले आफन्तलाई कार्यालयमा मदिरा पसल राख्ने व्यवस्था मिलाएको र हुलाकमा प्राय: मान्छे आउने भएकोले मदिरा पसल खोलेको रहस्य खुलेको छ । हाल कार्यलयमा शशीरामसहित डाँक बोक्ने सुदामप्रसाद आचार्य, नाम एउटै भएका अर्का डाँकबहाक सुदामप्रसाद आचार्य  र विर्मी शाही कार्यरत रहेका छन् । 
कार्यालयमा तीनै कर्मचारीका आफन्तले मदिरा पसल राखेको र त्यसमा कर्मचारीहरुको पनि लगानी रहेको रहस्य खुलेको छ । 

No comments:

Post a Comment