सुर्खेत, १६ चैत ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लि. सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का मनकुमारी योगीलाई वीमा रकम प्रदान गरेको छ । विहीवार एक कार्यक्रमको आयोजना गरी योगीलाई कम्पनीका शाखा प्रमुख दिनेश खड्काले वीमा रकम वापत ९८ हजार ९ सय ९१ रुपैयाँ प्रदान गरेका हुन् ।
जीवन वीमा गरी पहिलो किस्ता ७ हजार १ सय ४ रुपैयाँ मात्र किस्ता तिरेका टिकाराम पुरीको कालगतिले मृत्यु भएपछि उनको श्रीमती मनकुमारीलाई वीमावापतको रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
No comments:
Post a Comment