रेडियो नेपालको बार्षिकोत्सवमा लोकगीत सम्मेलन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १६ चैत ।
रेडियो नेपालको ६२ औं बाषिकोत्सवको अवसरमा रेडियो नेपाल कर्मचारी संघ इकाई समिति सुर्खेतको आयोजनामा विहीवार रेडियो नेपाल क्षेत्रीय प्रसरण केन्द्र सुर्खेतमा लोकगीत सम्मेलन सम्पन्न भएको छ । 
सम्मेलनको उद्घाटन गर्दै रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका प्रमुख पुस्करराज गौतमले दुर्गम गाउँ वस्तीमा लोप हुन लागेको लोक संस्कृतिलाई जगेर्ना गर्दै जनसमक्ष ल्याउन लोक गीत सम्मेलनको आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने वताए ।

रेडियो नेपाल कर्मचारी संघ इकाई समिति सुर्खेतका अध्यक्ष आनन्दविश्व पन्तले लोकगीत सम्मेलनले कला संगीत क्षेत्रको उर्वर क्षेत्र मानिने मध्यपश्चिम क्षेत्रमा कला संगीतप्रेमीलाई हर्षित पारेको वताए ।
लोकगीत सम्मेलनमा सहभागी भएका कलाकारहरुको गीत छनौटका लागि बरिष्ठ कलाकारद्वय गंगा केसी र प्रेमदेव गिरीले निर्णायक तथा संगीत संयोजनको बिशेष भूमिका निर्वाह गरेका थिए । 
लोकगीत सम्मेलनमा मध्यपश्चिम क्षेत्रका बिभिन्न जिल्लाका एकल तथा समूहमा गरी २१ वटा टिमको सहभागिता रहेको थियोभने सम्मेलनको संचालन बरिष्ठ कार्यक्रम सहायक भानुभक्त खडका र हरि गिरीले गरेका थिए । क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतले लोकगीत सम्मेलनको प्रत्यक्ष प्रसारण गरेको थियो ।

No comments:

Post a Comment