सुर्खेत, १५ चैत ।
विगत केही समयदेखि नियमित लोडसेडिङका अतिरिक्त आधा घन्टा थप हुने आन्तरिक लोडसेडिङ बुधवारदेखि सुर्खेतमा नहुने भएको छ । घुस्रास्थित विद्युतको सवस्टेशनमा रहेको ६ बाई ८ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरिएपछि सुर्खेत उपत्यकामा हँुदै आएको आन्तरिक लोडसेडिङ बुधबारदेखि नहुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ । पुरानोको क्षमता ३ बाई ४ एमभीए थियो । जसले भार थाम्न नसक्दा आधा घन्टा आन्तरिक लोडसेडिङ हुदैंआएको थियो ।
पुरानो ट्रान्सफर्मर कम क्षमताको भएकाले सुर्खेतमा आन्तरिक लोडसेडिङ गरिएको थियो भने नयाँ ट्रान्सफर्मरको क्षमताले सुर्खेतलगायत दैलेखसम्म पुग्ने भएकाले आन्तरिक लोडसेडिङ नहुने विद्युत प्राधिकरणका इलेक्ट्रिकल फोरम्यान पूर्णबहादुर खत्रीले बताए । नयाँ जडान गरिएको ट्रान्सफर्मरलाई रिलेसेटि· गर्न २/३ दिन लाग्ने भएकाले केही दिन भने लोडसेडिङ हुनसक्ने सम्भावना रहेको उनले बताए । त्यसपछि आन्तरिक लोडसेडिङ नहुने उनको भनाइ छ ।
यसैवीच प्राधिकरण सुर्खेतले बक्यौता रकम नवुझाएका ३२ जना ग्राहकहरुको विद्युत लाइन काटेको छ । विगत केही महिनादेखि मासिकरुपमा विद्युत महसुल नतिर्ने ग्राहकहरुको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ । बक्यौता रकम धेरै भएका ग्राहकहरुलाई बारम्बार सूचना गर्दासमेत अटेर गरेपछि तीन दिनमा ३२ जना ग्राहकहरुको लाइन काटिएको हो ।
बक्यौता रकम नतिरेका ग्राहकहरुको सोमवार २१ जना र बुधवार ११ जनाको लाइन काटिएको प्राधिकरण का इलेक्ट्रिकल फोरम्यान पूर्णबहादुर खत्रीले बताए । ठूलो रकम बक्यौता रहेका ग्राहकहरुलाई सूचना गरिएको र उनीहरुले सूचना पाएरपनि रकम नवुझाए लाइन काटिने उनले बताए ।
लाइन काट्न लाग्दा केही ग्राहकहरुले रकम बुझाएपछि उनीहरुको लाइन नकाटिएको समेत उनले बताए । चार महिनासम्म महसुल नबुझाउने करिव ३ सय जना ग्राहकको नाम विद्युत लाइन काटिने लिस्टमा चढेको उनले बताए ।
No comments:
Post a Comment