अलायाचौरमा रेविजबाट २ जनाको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १५ चैत ।
लाटिकोइली गाविस वडा नं. ७ अलायाचौरमा रेविज रोगको प्रकोप देखिएको छ । रेविजबाट दुई जनाको मृत्यु भएको छभने चार दर्जन बढी स्थानीयहरु प्रभावित भएको बताइन्छ । यही चैत १३ गते स्थानीय मनवीर बुढाको रेविज रोगबाट मृत्यु भएपछि प्रकोप देखापरेको हो । सो गाविसको वडा नं. ५ मा पनि एक महिलाको तीन साताअघि रेविजबाटै मृत्यु भएको स्थानीयहरु बताउँछन् ।
बुढाको मृत्यु भएपछि उनको मलामी गएकाहरु सवैलाई रेविजको आशंका गरिएको छ । धेरै व्यक्तिहरुमा रेविजको आशंका भएपछि बुधवार जिल्ला स्वास्थ्य कार्यालयबाट एक टोली ८ भ्याक्सिन लिएर गाउँ पुगेको थियो । स्वास्थ्य कार्यालयमा निमित्त प्रमुख गंगाप्रसाद घिमिरे, खोप सुपरभाइज जीतलाल ढकाललगायतको टोली बुढाको घरमा पुगी किरिया बसेका उनका छोराहरु, बुहारी, श्रीमतीलगायत ८ जनालाई भ्याक्सिन लगाइएको छ । अरु धेरैले पनि आफूलाई रेविजको आशंका गरेपछि औषधि नहुँदा नेपालगंज माग गरिएको खोप सुपरभाइजर जीतलाल ढकालले बताए । उनका अनुसार ४० जनालाई पुग्ने भ्याक्सिन माग गरिएको र बुधवार साँझसम्म आइपुग्ने छ । भ्याक्सिन आएपछि आज बिहीवार पुन: सोही स्थान पुगी बढी प्रभावित तथा आशंकित व्यक्तिहरुलाई लगाइने जानकारी उनले दिए । छाउरा पाएको कुकुर बहुलाएपछि मरेको र ती छाउराहरुलाई सवैले राम्रो मानेर खेलाउँदा टोकेको हुनसक्ने आशंका गरिएको छ ।

No comments:

Post a Comment