देखिएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) को लुनार रिकन्निसेन्स अर्बिटर (एलआरओ) यानले चन्द्रमाको सतह तन्किएर केही सानो क्षेत्रमा उपत्यका सिर्जना भैरहेको संकेत पठाएको छ । वैज्ञानिकहरुले यस प्रकारको भौगर्भिक क्रिया लगभग पाँच करोड वर्षपहिले भएको अनुमान गरी सोही आधारमा चन्द्रमाको उमेर साढे ४ अर्ब वर्ष भएको गणना गरेका छन् ।
यानले पठाएको तस्बीरको आधारमा वैज्ञानिकहरुले चन्द्रमामा साँघुरो खाल्डो बन्न थालेको र त्यसको लम्बाइभन्दा चौडाइ कम भएको बताएका छन् । चन्द्रमाको उक्त क्षेत्रको सतह चर्किन थालेको उल्लेख गर्दै वैज्ञानिकहरुले त्यसरी चर्किएर बनेको उपत्यकालाई ‘ग्राबेन’ नाम दिएका छन् । चन्द्रमामा कयौं ग्राबेन फेला परेको बताइएको छ । (एजेन्सीबाट)
No comments:
Post a Comment