सुर्खेत, १३ चैत ।
नेपाली कांग्रेस सुर्खेतका सभापति तप्तबहादुर बिष्टले नेपाल विद्यार्थी संघ बलियो नभई पार्टी बलियो हुन नसक्ने भएकाले गाउँ–गाउँमा नेविसंघलाई बलियो बनाउन विद्यार्थीलाई निर्देशन दिएका छन् ।
नेपाली विद्यार्थी संघ इकाई समिति सुर्खेत क्याम्पस शिक्षाले सोमवार आयोजना गरेको अन्तरक्रियामा सभापति विष्टले सो निर्देशन दिएका हुन् ।

उनले नेपाली कांग्रेसले आफ्नो इतिहासलाई कायम राख्न नेविसंघ बलियो हुनुपर्ने बताए । कार्यक्रममा नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य टोपबहादुर रावतले आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो बनाउन जिल्लामा आफ्ना गतिविधि बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष गोविन्द कोइराला, क्षेत्रीय सभापति कमलराज रेग्मी, नगर सभापति देवकुमार सुवेदी, नेपाल प्रेस युनियनका अध्यक्ष नरेशसिंह थापा, नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतका सदस्य भुपेन्द्र खत्री, नेका–जुम्लाका सहसचिव कर्णबहादुर शाही, जाजरकोट क्षेत्र नं.१ का सभापति वेदराज सिंह, नेविसंघ सुर्खेतका उपसभापति हरि शर्मा, नेकां महाधिवेशन प्रतिनिधि चन्द्रा खड्का लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment