विश्वकै ठूलो हाते कुरान

Bookmark and Share 
मान्छेले विभिन्न कृत्य गरेर आफ्नो नामलाई चर्चित बनाउने प्रयत्न गर्छन् । आफूले गरेको काम धेरैले थाहा पाउन् र आउँदा पिाढीले पनि सम्झियुन् भन्ने सबैको चाहना हुन्छ । तर चाहना अनुसार काम गर्न प्रयत्न गर्नेभने थोरै हुन्छन् अझ फरक काम गर्ने क्षमता भएका झनै कम हुन्छन् । यस्तै काम गरेका छन् अफ्गानिस्तानका एक मानिसले । उनले विश्वकै सबैभन्दा ठूलो कुरान तयार पारेर किर्तिमान राखेका छन् । अफगानिस्तानको राजधानी काबुलमा मोहमम्द साबिर हुसैन नामका ती कलाकारले हातले लेखेर तयार पारेको मुस्लिम धर्मग्रन्ध कुरानको एक उत्कृष्ट तथा अदभुत कुरान प्रदर्शनमा राखिएको छ । 

यो कुरान लेख्न तथा तयार पार्न उनलाई झण्डै ५ वर्षको समय लागेको बताइएको छ । कुरान तयार पार्न निकै राम्रो कपडाको प्रयोग गरिएको छभने यसको तौल ५ किलो छ । यो कुरान विश्वमा अहिलेसम्म हातले लेखिएको सबैभन्दा ठूलो कुरान बनेको छ, जसप्रति अफगानी जनता समेत गर्व गर्छन् । प्रदर्शनी हप्ताको दुई दिन आयोजना गर्ने गरिएको छ । कुरानलाई अढाइ मिटर लामो तथा डेढ मिटर चौडा सिसाको बाकसमा राखिएको छ । हुसैनले यसअघि इरानमा गएर चित्रकला सिकेका थिए । अफगानिस्तानलाई लडाकुको देश मात्र नभएर संस्कृतिको धनी देशको रुपमा पनि चिनाउन आफूले यो कुरान बनाएको उनी बताउँछन् । (एजेन्सीबाट)

No comments:

Post a Comment