विश्वकै सानो बाँदरको जोडी

Bookmark and Share 
भारतको गुजराातस्थित सक्करबाग चिडियाखानामा विश्वकै सबैभन्दा सानो बाँदरको एक जोडि छ । यो बाँदरको जोडी मैसुर चिडियाखानाबाट ल्याइएको हो । मैसुर चिडियाखानालाई एक जोडी सिंह दिएर सक्करबागले उक्त बाादरको जोडी आफूकहाँ ल्याएको हो ।  
पिग्मी मारमोसेस अर्थात पकेट मंकी नामको उक्त बाँदरको जोडी ६ दशमलब ५ इन्च अग्लो छ । यो बाँदरको प्रजातिको औषत तौल ३ सय देखि ५ सय ग्रामसम्म हुन्छ । खासगरी दक्षिण अमेरिकी जंगलमा पाइने यो बाँदरले फलफूल, पात तथा किरा फट्यांग्रा खाने गर्छ ।

No comments:

Post a Comment