सुर्खेत, २३ चैत ।
नेकपा एमालेका तत्कालीन अञ्चल कमिटीका सदस्य ऋषिप्रसाद शर्माको चौथो स्मृति दिवसमा बिहीबार रक्तदान गरिएको छ । शर्माको स्मृतिमा सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन युवा संघ नेपाल सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
पार्टीका विभिन्न भातृ संगठनका १९ जनाले रक्तदान गरेका थिए । युवा संघ सुर्खेतका अध्यक्ष प्रकाश सारुको सभापतित्मा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा मध्यपश्चिम संयोजक सूर्यमणि गौतम, यवा संघका केन्द्रीय सदस्य टिकाराम शर्मा लगायतले स्वर्गीय ऋषिको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।नेकपा एमालेका तत्कालीन अञ्चल कमिटीका सदस्य ऋषिप्रसाद शर्माको चौथो स्मृति दिवसमा बिहीबार रक्तदान गरिएको छ । शर्माको स्मृतिमा सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन युवा संघ नेपाल सुर्खेतको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
No comments:
Post a Comment