सुर्खेत, २३ चैत ।
जिल्लामा वन अतिक्रमण रोक्नका लागि विभिन्न पक्ष र तप्काबाट लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला वन कार्यालय सुर्खेतले विहीवारवीरेन्द्रनगर गरेको वन संरक्षण अन्तरक्रिया गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला वनको सामान्य जानकारीका साथै वन बिनाशको वर्तमान अवस्थाका बारेमा सहायक वन अधिकृत प्रकाशसिंह थापाले प्रष्ट पारेका थिए ।

यस्तै सोही अवसर, समस्या तथा चुनौतीहरुका बारेमा पनि सहायक वन अधिकृत थापाले जानकारी गराएका थिए । यसैगरी एकीकृत माओवादीका जिल्ला इन्चार्ज कृष्ण धमलाले वन बिनाशलाई रोक्नका लागि सबै संघसंस्था, समूह तथा राजनीतिक दलहरु सक्रिय भएर लाग्न सुझाव दिएभने नेपाली कांग्रेसका सचिव श्याम भारतीले वनलाई संरक्षण गर्न अतिक्रमणलाई रोक्नुपर्नेमा जोड दिए ।
यस्तै नेकपा एमालेका उपाध्यक्ष शिवप्रसाद उपाध्ययले वन अतिक्रमणमा राजनीतिक दल नै सक्रिय भएकाले यसलाई न्यूनीकरण गर्न राजनीतिक दलहरु मिल्नुपर्नेमा सुझाव दिए । कार्यक्रम राप्रपाका अध्यक्ष कविराम पुरी, फोरम लोकतान्त्रिकका सचिव छविकुमारी न्युरे, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष दुर्गा थापा लगायतको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment