एउटा माटोको कचौराको मुल्य कति पर्ला ? तपाईको सहज उत्तर हुनसक्छ केही सय रुपैयाँसम्म । तर, चिनियाँ माटोको एउटा कचौरा भने २ सय ६७ लाख डलरमा विक्रि भएको छ । चीनमा सङ वंशको एक पुरानो कचौरा यति महंगो मूल्यमा विक्री भएको हो । लगभग ९ सय वर्ष पुरानो चिनियाँ माटोको कचौरा हङकङको सूदबीजमा लिलामी गरिएको थियो । फूलको आधारमा ढालिएको उक्त कचौरा निकै दुर्लभ मानिएको छ । उक्त कचौरा जापानका एक व्यक्तिले लिलामीमा तोकिएको भन्दै तीन गुणा बढी मूल्यमा किनेका हुन् । टेलिफोनबाट बोली लगाएका उनको परिचय भने सार्वजनिक गरिएको छैन । (एजेन्सीबाट)

No comments:
Post a Comment