![]() |
| भानुभक्त अधिकारी |
यतिखेर सिंगो नेपाली पत्रकारिता क्षेत्र शोकमा डुबेको छ । पत्रकार यादव पौडेलको हत्या हुनुले साँचो अर्थमा लोकतन्त्र, मौलिक हक र त्यसैसंग जोडिएर आउने जनताको सूचनाको हकमाथि प्रहार भएको छ । नेपालको अन्तरिम संविधानले प्रष्ट रुपमा यसको प्रस्तावनामै मौलिक अधिकार, मानवअधिकार, पूर्ण प्रेस स्वतन्त्रतता र कानुनी राज्यका बारेमा स्पष्टरुपमा व्यवस्था गरेपनि कानुनी राज्य त परै जाओस्, नेपाली प्रेसमाथिको आक्रमण दिनानुदिन बढ्दै गएर लोकतन्त्रलाई नै चुनौति दिइरहेको छ ।
अन्तरिम संविधानको भाग ३, धारा १२ मा मौलिक हक अन्र्तगत जुन विचार र अभिव्यक्तिको स्वतन्त्रताको कुरा गरिएको छ, त्यो केवल पानामा मात्र सीमित भएको सर्वत्र विधितै छ । यसैको फलस्वरुप एभिन्यूज टि.भी. तथा राजधानी दैनिकका झापा संवाददाता यादव पौडेलको हत्या भएको बुझ्न सकिन्छ । राज्यको चौथो अंगको रुपमा लिइने प्रेस जगतलाई सत्य–तथ्य समाचार लेखेकै भरमा यातना, धम्की, कुटपिट र हत्याका घटना हुनु राज्यको सुरक्षा संयन्त्रमाथिको आक्रमण हो भन्दा अतियुक्ति नहोला । हुन त विश्वका विकसित देशका संविधानमा पनि प्रेस स्वतन्त्रता हनन् नभएका होइनन् । प्रारम्भमा नेपालको संविधानमा जस्तै सोभियत रुसलगायतका अन्य देशहरुका संविधानमैं प्रेस स्वतन्त्रताको बारेमा स्पष्टसंग लेखिएको पाइन्छ । तर, संविधानमैं प्रेस स्वतन्त्रता र यससंग जोडिएका सवै कुराहरु लेख्नुले मात्रै अर्थ राख्दैन । गाँठी कुरा त त्यसलाई सर्वोत्तम कानुनको रुपमा लिइयो कि लिइएन भन्ने कुरा महत्वपूर्ण हो ।
आन्दोलन गर्दा वा बन्द हड्ताल गर्दा देशको संविधान र झण्डासम्म पोल्ने दुस्सहास गर्ने कथित आन्दोलनकारी भएको हाम्रो देशमा संविधानमा जे व्यवस्था भएपनि त्यसले कुनै अर्थ राख्दैन । यही संस्कारको शिकार भइरहेका छन् यो देशमा कलम चलाउने यादवजीहरु । अर्कोतिर, राजनीतिक शक्तिहरुले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न र बखान गर्न कुनै शव्द बाँकी राखेका छैनन् । यस्तो लाग्छ कि संविधानमा भएका प्रावधानहरु भन्दा पनि राजनीतिक नेतृत्वले राम्रोसंग प्रेस स्वतन्त्रताको कुरा उठाउँदछ । तर, व्यवहारमा भने तिनै राजनीतिका खेलाडीहरुले प्रेसमाथि अप्रत्यक्ष प्रहार गरिरहेका छन् । यो तितो यथार्तलाई नेपाली पत्रकारहरुले राम्रोसंग बुझ्नु जरुरी छ । यसैको फलस्वरुप यदाकदा नेपाली प्रेसको वृत्तमा कुरा उठ्ने गर्दछ कि पार्टी पत्रकारिता जसको सशक्त प्रमाण गएको पत्रकार महासंघको चुनावमा स्पष्ट रुपमा देख्न सकिन्थ्यो । नेपाली प्रेसलाई यस्ता खालका गतिविधिहरुले पनि प्रत्यक्ष–अप्रत्यक्षरुपमा प्रभाव पारिरहेको छ ।
नेपाली प्रेसमा अर्को देखिएको समस्या भनेको संचार माफिया, (conglomerates) हो । केन्द्रमा बसेर श्रमको शोषण गर्दै मिडिया हाउसहरु संचालन गर्दै अथाह पैसा कमाउने अनि sensationalism र अतिरञ्जितबादको शिकार उनै पत्रकारलाई बनाउने ? मलाई उहिल्यै लागेको थियो तराईका पत्रकारहरुलाई नेपालका मिडिया माफियाहरुले बलीको बोको बनाउँदैछन् भन्ने । हो, त्यही sensationalism को शिकार भएका छन् पत्रकारहरु । सरकारले सुदूर पूर्व दैनिकको तयारी गरिरहेका स्व. पत्रकारको हत्याको छानविन गर्न समिति गठन गरेको छ र उसले क्षतिपूर्तिस्वरुप रु. १० लाख रुपैयाँ दिने घोषणा गरेको छभने एभिन्यूजकर्मीले जम्मा गरेर १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । तर, एभिन्यूज च्यानलको जुन कदम यसमा हुनु पर्दछ त्यो पर्याप्त देखिएको छैन ।
नागरिक दैनिकले जसरी आफ्ना बिराटनगर सम्वाददाता खिलानाथ ढकालमाथि कुटपिट भएको घटनाको छानबिनका लागि अभियान संचालन गरेको थियो, त्यो भन्दा ब्यापक अभियान थाल्नुपर्दछ । अर्कोतिर, पत्रकारमाथि हुने विभिन्न खालका घटना उ स्वयंका कारणले पनि हुने गरेको छ । पीत पत्रकारिता Yellow Journalism, खोज पत्रकारिता र अनुसन्धानमूलक पत्रकारिताका कारण पनि यस्ता समस्याहरु आउने गरेको यथार्तता हामी माझ छ । पत्रकारिताको कडीका रुपमा लिइने आचारसंहिता र self-sensorship लाई पनि पत्रकारले राम्ररी ख्याल गरेर कलम चलाउनु नितान्त आवश्यक छ किनकि पत्रकारिताका सिद्धान्तहरु निकै विवेकशील हुन्छन् र त्यसैमा आधारित रहनु नै एउटा पत्रकारको साँचो अर्थको पत्रकारिता हो ।
प्रेसलाई राज्यको चौथो अंगको रुपमा मानिदैं आएको छ । जसको कारण प्रेसमाथि जनताको विश्वास हुनु नै हो । अठारौं शताव्दीको अन्त्यतिर बेलायतका एडमण्ड वर्कले प्रेस राज्यको चौथो अंग हो भन्ने मान्यता अघि सारेका थिए । त्यही मान्यतामा आजसम्म प्रेसले अघोषित रुपमा राज्यको चौथो अंगको रुपमा काम गरिरेको र जनतालाई निष्पक्ष सूचनाका माध्यमबाट सु–सूचित गरिरहेको छ ।
तर, नेपाली संचार जगतले विगत ६ दशकमा यतादेखि राज्य र विभिन्न समूह तथा अपराधीहरुबाट विभिन्न विडम्वनाहरु व्यहोर्दै आइरहेको छ । प्रजातन्त्र र गणतन्त्रको प्राप्तिसंगै संविधानहरुमा प्रेसको बारेमा उल्लेख गरिए पनि त्यो व्यवहारिक छैन । त्यसैको परिणाम हामीले भोगिरहेका छौं । यसरी हेर्दा, नेपालमा प्रेस स्वतन्त्रता त छ तर, सूचना प्रवाह गर्ने स्वतन्त्रता छैन । अबको नयाँ संविधानमा यी दुवै कुराको ग्यारेन्टी भयोभने मात्र नेपालमा सही लोकतन्त्र आएछ भन्न सकिनेछ । नत्र, पत्रकारितामाथि निरन्तर विभिन्न पक्ष र अपराधीहरुबाट हमला भैरहने र कयौं यादवहरुले ज्यान गुमाउने खतरा बढी नै रहन्छ ।
द्वन्द्वकालदेखि अहिलेसम्म मारिएका केही पत्रकारहरु :
१.देवकुमार आचार्य जनादेश साप्ताहिक
२.कञ्चन प्रियदर्शी महासंघ सदस्य
३.कृष्ण सेन जनादेश साप्ताहिक
४.कमल ए.सी. जनदिशा साप्ताहिक
५. राजकुमार के.सी. रासस
६.नवराज शर्मा वसन्त कदम साप्ताहिक
७. अम्विका तिमल्सिना जनादेश र महिमा
८. कुमार घिमिरे जनप्रभात साप्ताहिक
९.ज्ञानेन्द्र खड्का रासस
१०.विनोद सजना चौधरी जनादेश साप्ताहिक
११. नगेन्द्र पोख्रेल जनादेश साप्ताहिक
१२. गोपाल गिरी साप्ताहिक मञ्च
१३.पदमराज देवकोटा कर्णाली सन्देश
१४.डेकेन्द्रराज थापा रेडियो नेपाल
१५.बद्री खड्का जनादेश साप्ताहिक
१६. धनबहादुर रोका मगर रेडियो नेपाल
१७. खगेन्द्र श्रेष्ठ धरान टुडे
१८. महेश्वर पहाडी स्वाभिमान साप्ताहिक
१९.वीरेन्द्र शाह एभिन्यूज टी.भी.
२०.पुष्करबहादुर श्रेष्ठ न्यु सिजन साप्ताहिक
२१. आनन्दकुमार थापा जनादेश साप्ताहिक
२२. भीमबहादुर घर्ती रेडियो सम्वाददाता
२३. सुवास मैनाली रेडियो सम्वाददाता
२४. मोहन खनाल जनविद्रोही साप्ताहिक
२५. ईश्वर ढुंगाना जनविद्रोही साप्ताहिक
२६. चीनबहादुर बुढा जनादेश साप्ताहिक
२७. जगतप्रसाद जोशी जनादेश दैनिक
२८. उमा सिंह जनकपुर टुडे/रेडियो टुडे
२९. यादव पौडेल एभिन्युज टी.भी
अहिले सम्म विभिन्न पक्षबाट बेपत्ता पारिएका केही पत्रकार:
१. मिलन नेपाली जनादेश साप्ताहिक
२. प्रकाशसिंह ठकुरी राजधानी दैनिक
श्रोत :विभिन्न वेभसाइटहरु
१.देवकुमार आचार्य जनादेश साप्ताहिक
२.कञ्चन प्रियदर्शी महासंघ सदस्य
३.कृष्ण सेन जनादेश साप्ताहिक
४.कमल ए.सी. जनदिशा साप्ताहिक
५. राजकुमार के.सी. रासस
६.नवराज शर्मा वसन्त कदम साप्ताहिक
७. अम्विका तिमल्सिना जनादेश र महिमा
८. कुमार घिमिरे जनप्रभात साप्ताहिक
९.ज्ञानेन्द्र खड्का रासस
१०.विनोद सजना चौधरी जनादेश साप्ताहिक
११. नगेन्द्र पोख्रेल जनादेश साप्ताहिक
१२. गोपाल गिरी साप्ताहिक मञ्च
१३.पदमराज देवकोटा कर्णाली सन्देश
१४.डेकेन्द्रराज थापा रेडियो नेपाल
१५.बद्री खड्का जनादेश साप्ताहिक
१६. धनबहादुर रोका मगर रेडियो नेपाल
१७. खगेन्द्र श्रेष्ठ धरान टुडे
१८. महेश्वर पहाडी स्वाभिमान साप्ताहिक
१९.वीरेन्द्र शाह एभिन्यूज टी.भी.
२०.पुष्करबहादुर श्रेष्ठ न्यु सिजन साप्ताहिक
२१. आनन्दकुमार थापा जनादेश साप्ताहिक
२२. भीमबहादुर घर्ती रेडियो सम्वाददाता
२३. सुवास मैनाली रेडियो सम्वाददाता
२४. मोहन खनाल जनविद्रोही साप्ताहिक
२५. ईश्वर ढुंगाना जनविद्रोही साप्ताहिक
२६. चीनबहादुर बुढा जनादेश साप्ताहिक
२७. जगतप्रसाद जोशी जनादेश दैनिक
२८. उमा सिंह जनकपुर टुडे/रेडियो टुडे
२९. यादव पौडेल एभिन्युज टी.भी
अहिले सम्म विभिन्न पक्षबाट बेपत्ता पारिएका केही पत्रकार:
१. मिलन नेपाली जनादेश साप्ताहिक
२. प्रकाशसिंह ठकुरी राजधानी दैनिक
श्रोत :विभिन्न वेभसाइटहरु

No comments:
Post a Comment