सुर्खेतपत्र संवाददाता
नेपालगन्ज, २६ चैत्र ।
अछाम जिल्लाको धमाली र बारला गाबिसमा परेको चट्याङका कारण ११ जना घाइते भएका छन् । धमाली गाबिस स्थित पुनेपाटा बजारका बीरेन्द्र आलेमगरको घरमा चट्याङ पर्दा ८ जना घाइते भएका हुन भने बारला स्थित श्याम बहादुर शाहीको गोठमा परेको चट्याङका कारण ३ जना घाइते भएका हुन ।
शनिबार राति पुनेपाटामा परेको चट्याङका कारण घाइते मध्ये ७ जना एकै परिवारका सदस्य हुन । एक जना भारतीय नागरिक पनि घाइते छन् । चट्याङले २६ वर्षीय आलेमगर, आमा ५८ वर्षीया पवित्रा आलेमगर, १५ वर्षीय खड्के मगर, १८ वर्षीया कालि मगर, १४ वर्षीय केशे मगर, १६ वर्षीया कल्पना मगर र ८ वर्षीया दिपसरा मगर घाइते भएका हुन् ।
घाइते सबै लाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सुसिलसिंह राठौरले जानकारी दिनुभयो । चट्याङका कारण आलेमगरको घरमा समेत ठुलो क्षति भएको छ । डिएसपी राठौरका अनुसार अछामको बारला स्थित श्याम बहादुर शाहीको गोठमा चट्याङ पर्दा ३ जना घाइते भएका छन भने २ वटा गाई र एक भैसी मरेका छन् ।
No comments:
Post a Comment