सुर्खेत, २७ चैत ।
नेपाली कांग्रेसले रतुमा कार्यकर्ता भेटघाट गरेको छ । कार्यक्रममा पूर्व सांसद ह्दयराम थानीले नेपाली कांग्रेस संविधानसभाको चुनावमा दोस्रो भएपनि जनताको मनमा सधैं पहिलो पार्टी भएको दावी गरे । उनले संविधान निर्माणमा कांग्रेस अन्य दलभन्दा बढी सक्रिय रहेको जिकिर गर्दै मुलुक बनाउने जिम्मा कांग्रेसकै काँधमा आएको बताए । उनले विकास निर्माणको काममा कांग्रेसले नै अगुवाइ गर्ने जनाए ।
कांग्रेस रतु गाउँ कार्यसमितिका सभापति रामबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सुर्खेतका सचिव टेकबहादुर सिंह, क्षेत्रीय सभापति कमलराज रेग्मी, उपसभापति नारायण कोइराला, उपकोषाध्यष खगेन्द्र राना, प्रेस सल्लाहकार नरेशसिंह थापा लगायतले बोलेका थिए । नेपाली कांग्रेसले रतुमा कार्यकर्ता भेटघाट गरेको छ । कार्यक्रममा पूर्व सांसद ह्दयराम थानीले नेपाली कांग्रेस संविधानसभाको चुनावमा दोस्रो भएपनि जनताको मनमा सधैं पहिलो पार्टी भएको दावी गरे । उनले संविधान निर्माणमा कांग्रेस अन्य दलभन्दा बढी सक्रिय रहेको जिकिर गर्दै मुलुक बनाउने जिम्मा कांग्रेसकै काँधमा आएको बताए । उनले विकास निर्माणको काममा कांग्रेसले नै अगुवाइ गर्ने जनाए ।
No comments:
Post a Comment