हर्वोलाई बन्द होइन सुचारु गर्नुपर्छ

Bookmark and Share 
निश्चल युबराज
    यस दैनिकको गत बिहीवार २३ चैत्र २०६८ दोस्रो पेजमा सुदर्शनराज पाण्डेजीले लेख्नुभएको बिचारले नेटवर्क मार्केटिङ व्यवसायलाई बुझ्न, सम्पूर्ण एकपल्ट सोच्न बाध्य हुनुभएको छ कि उहाँ कुन शताब्दीको व्यक्ति हुनुहुन्छ भनेर । जब यो दुनियाँ २१ औं शताब्दीलाई पार लगाउँदै २२ औं शताब्दीमा टेक्दै छ तर हाम्रो देशका जनातालाई किन गोरु बनाइदै छ अनि हामी किन गोरु बन्दैछौ ? यदि कुनै दिन कसैले आलुलाई पिडाँलु या त पिडाँलुलाई आलु भनेर बेच्दछ भने थाहा नपाउनु गलत हामी कि नेटवर्क मार्केटिङ व्यवसाय ?

    विश्वको सबैभन्दा पहिलो बैधानिक कम्पनी एमवे कर्पोरेशनले अहिले पनि विश्वको लगभग १ सय ९० राष्ट्रमा आफ्नो सफल नेटवर्क मार्केटिङ व्यावसाय सन् १९४९ देखि हालका दिनसम्म बैधानिक रुपमा संचालन गर्दै आइरहेको छ र यस कम्पनीले हाल ५ अर्ब अमेरिकन डलरको आर्थिक कारोबार बार्षिक गर्दछ । उक्त कम्पनी नेपालमा पनि भित्रिएको थियो तर अबैधानिक तरिकाले त्यसको ४ बर्ष नेपालमा आफ्नो संजाल फैलाई ३२ हजार सदस्य बनाएको थियो । अब सत्यता के होभने एमवे कम्पनी गलत होइन ? गलत होभने आज १ सय ९० राष्ट्रमा आफ्नो व्यापार सफल रुपबाट संचालन किन गर्दै आइरहेको छ ? यदि कम्पनी गलत होइन भने गलत को हो भन्ने कुरा आउँछ । एमवेको सदस्य बन्नका लागि एजेण्टहरुले सदस्यको ठेगाना इण्डियाका स्थानमा गराइने गरिन्थ्यो तर कुनै गलत कुराको प्रतिक्रिया हामीबाट किन देखाइएन । त्यसको परिणाम हामी ठगिएको ४ बर्षपछि थाहा हुन आयो अब कम्पनीले ठग्यो, एजेण्टले या त हामी आफै ठगिएको ? हामी सबैले सोच्नेबेला भएको छ ? सन् १९९३ मा जब ध्यचमि धष्मभ धभद ९ध्ध्ध्०  को सुरुवात भयो त्यसपछिका दिनहरुमा आम मानिसमा किनमेलको बानी नै परिबर्तन भएर
गयो । इन्टरनेट र इ–कमर्शको माध्यमबाट सुरु भएको व्यापारले यसरी बिश्वव्यापी रुप लियो कि १९९८ मा ७० लाख अमेरिकाका नागरिकले ४१ अर्ब बराबरको कारोबार इन्टरनेटमार्फत गरेर त्यसको अधिकांश हिस्सा नेटवर्क मार्कटिङले ओगट्न सफल भयो । वस्तु वा सेवालाई उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष विक्री प्रणालीमार्फत पुर्‍याउने एउटा सशक्त माध्यमलाई नेटवर्क मार्कटिङ पद्दति भनिन्छ ।
    एउटा कुरा भने राम्रो लाग्यो । लोभले लाभले विलाप भनेझै हुने व्याक्तिहरुको अनि चोर, ढाँट, ठग र घुसखोरी गर्नेको निन्द्रा भने पक्कै खराब भएको छ । त्यसैले होला यस्ता काम गरेर कमाउन पल्केकाहरुको पेट भर्ने बाटो र मान्छे नै नभए पछि निम्न काम हुन नदिने कम्पनीको जरो काट्न लागि परेका छन् । कुनैपनि ब्यक्ति चोर हो भन्नु पहिले आफूले केही चोरेको छु छैन या त कसैलाई हत्यारा भन्नु पूर्व आफ्नो हातमा खुन लागेको छ छैन र कसैलाई घुसखोरी भन्नु पहिले कुनै दिन आफूले १० रुपैयाँ पनि घुस लिएको छु छैन बिगतलाई फर्कर हेर्नुपर्छ सबैले । धान खाने मुसो चोट पाउने बिरालो भने झै गर्नुहुँदैन होला । किनभने दुनियाँलाई नेटवर्किङ मार्केटिङका नाममा ठगी गर्दै आइरहेका युनिटी जस्ता कम्पनीहरुले नेटवर्किङ मार्केटिङलाई नै जुन बदनाम गराएका छन् त्यस बदनामीलाई धुदै पखाल्दै आइरहेको एक बैधानिक कम्पनीलाई नानाथरी कलंक भिराउनु पूर्व हर्बो कम्पनी साँच्चै के हो त भन्ने बुझ्नु जरुरी छ अनि मात्र कम्पनी गलत भएको अवस्थामा कम्पनीका बारेमा नराम्रा कुरा लेख्न जरुरी छ ।
    सुंगुरले आकाशका बारेमा, दिनले रातका बारेमा, औंसीले पूर्णिमाको बखान गर्न हुँदैन किनभने जुन हर्बो इन्टरनेशनल प्रा.लि. का बारेमा प्रकाशित भएको गलत समाचार छ जस्तै घटिमा ८ हजार र बढीमा ३३ हजार त्यो अहिले जुन सवैलाई थाहा छ सही के हो भनेर किनभने यत्रो पत्रपत्रिका, रेडियो, टेलिभिजनहरुमा आइरहेको समाचारमा कम्तिमा ६ हजार र बढीमा २५ हजारमा सामान किनी हर्बोको ग्राहक हुन पाउने नियम कम्पनीले ल्याएको छ भनेर दिनहुँ उल्लेख भइरहेको अवस्थामा फेरि गलत समाचार किन संप्रेषण भइरहेको छ । अर्को सत्य कुरा कम्पनीले कतिपय स्थानमा कृषकलाई तुलसी खेती गर्न लगाएर उनीहरुको उत्पादन गरेको तुलसी उचित मूल्यमा खरिद नगरेको कुरा पनि सार्वजनिक भएको छ भनिएको छ यो सत्य हो जनता ठगिएका भने पक्कै हुन् तर यो कुरामा हर्बोलाई किन मुछिएको हो किनकि हर्बोको यो बिजनेस प्लान नभएर इएमआइको बिजनेस प्लान हो । २१ औं शताब्दीमा पनि सूचना र प्रविधिबाट पछि रहेको हाम्रो समाजमा धेरै दलालले यसको भरपुर फाइदा उठाए, जब यिनीहरुको भण्डाफोर भयो तब सबैको मुखमा केही बुजो हाल्दै छुमन्तर भए तर यिनै कुराको ज्ञान फैलाउँदै एक समृद्ध नेपालको परिकल्पना सहित अघि बढेको कम्पनीलाई कम्पनीको भित्री कुरा नबुझेर नै नानाथरी भन्नुु हुँदैन होला सायद ? दिन दहाडै कालो ऐना लागेको पजेरोमा चढ्ने, टाइसुटमा सजिएर हिंड्ने, घुसखोरीमा मुछिएका त्यस्ता पत्रकार महोदयहरुको साँच्चै नै पर्दाफास हुनैपर्छ र यो हुन्छ पनि । किनभने नेपालमा कान्तिपुर राष्ट्रिय दैनिक मात्र छैन धेरै राष्ट्रिय दैनिकहरु पनि छन् र कान्तिपुर दैनिक सही हुन्थ्यो भने अरु राष्ट्रिय दैनिक कान्तिपुर दैनिकले लगातार २०/२१ अंक हर्बो गलत हो भन्दा किन चुप बसे ? युनिटी गलत भएकाले नै ३ दिनमा त्यसको साम्राज्य समाप्त भयो र अर्को कम्पनी आजसम्म पनि किन समाप्त भएको छैन मात्र बन्द गराउन सबै जुटिरहेका छन् तर बन्द किन र कुन कारण गरिने भनेर भन्न सकिएको छैन ? किन प्रमाण पेश गर्न सकिएको छैन हर्बो इन्टरनेशनल प्रा.लि. ले गलत काम गरेको हो भनेर ?
    ३ दिनमा युनिटीको साम्राज्य खत्तम गर्नसक्ने कानुनले किन हर्बोलाई हल्लाउन पनि सकिरहेको छैन ? यस्ता हजारौं दरिला प्रश्न छन् हर्बो गलत भन्नेलाई सोध्नका लागि हर्बो सही हो भन्नेहरुका समक्ष । २०६१ माघ ८ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा त्यतिबेलाको नेटवर्क मस्यौदा अनुसार नै दर्ता गरिएको थियो र जसको दर्ता नम्बर ३२६३३/०६१/६२ रहेको छ र त्यसै गरी प्यान नम्बर ३०१७९१००३ रहेको छ । यसैगरी एनडिए, एनसीसी, ट्ेरडमार्क वाणिज्य विभागमा दर्ता तथा उक्त नेटवर्क मस्यौदा अनुरुप नै इजाजत प्राप्त छ । नेपालको हालको शिक्षा प्रणाली अन्तर्गत मानविकी संकाय अन्तर्गत कक्षा १२ र त्यसै गरी मानविकी संकाय अन्तर्गत नै वीवीए र एमवीएमा पनि नेटवर्क मार्केटिङका बारेमा पढाइ भइरहेको छ । यसैगरी कक्षा १२ को डा. गोबिन्द अग्रवालद्वारा लिखित भ्झिभलत या mबचपभतष्लन नामक पुस्तकमा नेटवर्क मार्केटिङका बारेमा लेखिएको छ ।
    कुनैपनि आमाबाट बच्चा जन्मन्छ र उसको बाबु बाचुञ्जेल बच्चा बैधानिक र बाबु मरेको भोलि पल्टबाट अबैधानिक हो भन्न मिल्दैन हो त्यस्तै भएको छ आज हर्बोको हकमा पनि किनभने नेटवर्क सम्बन्धी कानुन देशमा रहुन्जेल हर्बो बैधानिक र कानुन खारेजी पछि अबैधानिक भन्न खोजिराखिएको छ र यो कदापि हुन दिनुहुँदैन । तपाईं हामीले बुझ्नै पर्ने कुरा के होभने हर्बो इन्टरनेशनल प्रा.लि. जतिबेला रजिष्टर गरिएको थियो त्यति बेला देशमा नेटवर्क कानुन थियो । सर्वोच्च अदालतको नेटवर्क सम्बन्धी कानुन खारेजी पश्चात पुन: अन्तरिम आदेश जारी गरियो र २०६८/१२/१५ गतेका दिन नेटवर्क सम्बन्धी कानुन बनाइ व्यबस्थित गरेर लैजानु पर्ने भनि मौखिक आदेश  जारी गरेको २०६८/१२/१६ गतेको आर्थिक अभियान राष्ट्रिय दैनिकमा उल्लेख छतर त्यसै दिनको कान्तिपुर दैनिकमा नेटवर्क कानुन नै खारेज गरिएको कुरा उल्लेख गरिएको छ । सच्चाई किन लुकाइदंैछ अनि कसले लुकाउँदै छ ? के कुराको चलखेल कसले गर्न खोजिरहेको हो ? किन जनताका सामु भ्रमित समाचार आइरहेका छन् ? एउटा कुर्सीमा बसेर अगाडि कम्प्यूटर राखेर इन्टरनेट मार्फत समाचार करेक्सन गरेर पत्रिकामा छपाउँदैमा हँुदैन । सत्यताको खोजी गर्नुपर्दछ एक असल पत्रकारले । यसो भन्दैमा सबै पत्रकारले यसै गर्दैनन् भन्न मिल्दैन तर यस्ता पत्रकारका बोली किन जनता सामु पुग्दैनन् या त तोडिएर मोडिएर बंग्याइन्छ । एकपल्ट हामी सबैले सोच्नेबेला आएको छ । नेपालीले आफ्नो गाउँघरमा खेर गइरहेको जडिबुटीलाई नेपालमा नै उपभोग गर्न योग्य गुणस्तरीय बस्तु बनाइ सरकारलाई सरकारी नियम अनुसार कर भ्याट बुझाई बिक्री बितरण गरेर आफू, समाज र देशको नै उन्नति र प्रगति गर्नु गराउनु गलत हो कसरी भन्न मिल्छ साथै देशमा तीव्ररुपमा बृद्धि भइरहेको बेरोजगार समस्यालाई कम गर्दै लैजानु कुन तरिकाले गलत मान्न सकिन्छ ।
    हाल मिति २०६७/०६८ को नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालको बार्षिक व्यापार घाटा ३ खर्ब ३० अर्ब ३४ करोड मात्र छ । यो नेपालको धन्नै धन्नै बार्षिक बजेट जति हो यो व्यापार घाटालाई केही मात्रमा भएपनि कम गर्नका लागि नेपाली कुनैपनि उद्योग साँच्चै नै बन्द गरिनु पर्ला ? जसरी बाँसबारी छाला जुत्ता कारखाना, हेटौडा सिमेन्ट उद्योग, बिरगन्ज चिनी मिल आदि बन्द भइसके र केही हुने तयारीमा छन् यो कुरालाई हामीले नै बुझ्न जरुरी छ जस्तो लाग्दछ नत्र भने बार्षिक व्यापार घाटा पुन बृद्धि हुँदै जानेछ । तसर्थ, नेपालको उन्नति र प्रगतिका लागि नेपालका नै सडे गलेर खेर गइरहेका जडिबुटी, जमिन, जलस्रोत र जनशक्तिको समुचित प्रयोग नै हो जुन कामको सुरुवात हर्बोबाट भएको छ । भोलि यस्ता धेरै कम्पनी खुल्नु जरुरी छ त्यसकारण हर्बो जस्ता नेपाली कम्पनीलाई बन्द गर्न होइन सुचारु गर्न सम्बन्धित निकायको ध्यान जानु जरुरी छ । किनभने नेपालमा हाल लगभग ३५/४० लाख सरकारलाई बार्षिक आम्दानीको कर र भ्याट बुझाउने कम्पनीलाई किन बन्द गर्न चलखेल हुँदैछ सबैको ध्यान जाओस् ।

No comments:

Post a Comment