विद्यालयको नतिजा बेवसाइटमा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २७ चैत ।
    श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्रामले पहिलोपटक विद्यालयको बार्षिक परीक्षाको नतिजा आफ्नो वेवसाइटमार्फत सार्वजनिक गरेको छ । सधैंजसो नयाँ काम गरेर जिल्लामा चर्चामा आइरहने उक्त विद्यालयले कक्षा ८ बाहेक १ देखि ९ कक्षासम्मको परीक्षाफल वेवसाइटमार्फत जिल्लामै पहिलो पटक सार्वजनिक गरेको हो ।

    सोमवार सार्वजनिक गरिएको नतिजामा उत्तीर्ण र अनुत्तीर्ण सवैलाई समेटिएको छ । उत्तीर्ण विद्यार्थीहरुको नाम र प्रथम, द्वितीय तथा तृतीयको प्रशितशसहित राखिएको छभने अनुत्तीर्ण विद्यार्थीहरुको संख्यामात्रै उल्लेख गरिएको उच्च माविका प्राचार्य गेहेन्द्रप्रसाद दहालले बताए । यसपटक परीक्षा प्रणाली कडा र व्यवस्थित बनाइएकोले अनुत्तीर्ण विद्यार्थी बढी भएपनि गुणस्तरीय शिक्षाका लागि यसो गर्नुपरेको उनले जनाए ।

No comments:

Post a Comment