सुर्खेत, ११ बैशाख ।
आफ्ना विभिन्न ८ बुँदे मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रेको नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले सोमवार वीरेन्द्रनगरमा मसाल जुलुस प्रदर्शन गरेको छ । महासंघको पूर्व घोषित कार्यक्रम अनुसार मंगलबार आयोजना गरेको तराई बन्दको पूर्व सन्ध्यामा महासंघ सुर्खेतले मसाल जुलुस प्रदर्शन गरेको हो ।

स्थानीय मंगलगढीचौकबाट निस्केको मसाल जुलुस नगर परिक्रमा गरी वीरेन्द्रचौकमा पुगी कोण सभामा परिणत भएको थियो । सो सभामा महासंघका केन्द्रीय सदस्य मनबहादुर चौधरीले नयाँ बन्ने संविधानमा आदिवासी जनजातिका मागहरु सुनिश्चित हुनेपर्ने बताएका छन् । उनले आफ्ना मागहरुलाई बेवास्त गरिए कडा आन्दोलन गरिने समेत चेतावनी दिएका छन् ।
यसैगरी महासंघ सुर्खेतका अध्यक्ष मोहनबहादुर गुरुङले जातीय पहिचानको आधारमा राज्यको पुनर्संरचना हुनुपर्नेमा जोड दिए । उनले तोकिएको समयमा नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी हुनुपर्ने बताए । महासंघले आयोजना गरेको तराई बन्दलाई समर्थन गरिएपनि सुर्खेत बन्द नहुने समेत बताइएको छ ।
No comments:
Post a Comment