टिभिएस शोरुम उद्घाटन

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
टिभिएस कम्पनीको अधिकृत विक्रेता सुरज स्टोर्स एण्ड सप्लायर्सले शनिवार जुम्लारोडमा शो रुम संचालन गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरी संचालक सुरज गौतमका हजुरआमा लिलावतीले उद्घाटन गरिन् । झण्डै ५० लाखको लगानीमा संचालन गरिएको शोरुमले आफ्ना उपभोक्ता केन्द्रीय योजनाहरु अगाडि सार्ने संचालक सुरज गौतमले जनाए । त्यस्तै एआईटी प्रालिका कम्पनी मेनेजर संजयनाथ झाले कम्पनीका मोटरसाइकल, स्कुटर विक्रीपछि उपभोक्ताहरुलाई ध्यानमा राखिने बताए । उनले प्रतिस्पर्धालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न नयाँ योजनाहरु पनि बजारमा ल्याएको जानकारी दिए ।


No comments:

Post a Comment