बैतडी, १८ चैत ।
बैतडीको कटौजपानी–२ मा शनिवार बम विष्फोटनमा परी दुईजनाको मृत्यु भएको छ । कटौजपानी–२, बडिया बस्ने ५० वर्षीय दानसिंह भाट र उनकी श्रीमती ४३ वर्षीया लालमती भाटको विष्फोटनमा परी मृत्यु भएको स्थानीय मानबहादुर भाटले बताए । बिहान साढे ११ बजेतिर घर पोत्न लागेको बेलामा एक्कासी बम विष्फोटन हुँदा तत्काल दुवैजनाको ज्यान गएको उनले जानकारी दिए । विष्फोटनमा परी सोही ठाउँ बस्ने ३५ वर्षीया कमला भाट घाइते भएकी छन् ।
बम निकै शक्तिशाली भएको र मृतकका शरीरका टुक्रा टाढाटाढासम्म फैलिएको बताइएको छ । घटनास्थलभन्दा दुई घन्टाजति टाढा रहेको श्रीकोट प्रहरी चौकीबाट
प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली आएपछि बास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment