एम्नेष्टी समूह–२ को साधारणसभा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १८ चैत । 
एमनेष्टी इन्टरनेशनल नेपाल समूह–२ सुर्खेतको १२ औं साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । समूह–२ का सचिव यामराज गिरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिएभने कोषाध्याक्ष नारायणनाथ योगीले २०६७/०६८ को १८ हजार ७ सय ९२ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

समूह–२ सुर्खेतका संयोजक सरस्वती गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका केन्द्रीय सदस्य यशोद उपाध्या, पूर्व केन्द्रीय सदस्य डिपी समदर्शी, समूह–२ का पूर्व संयोजक टेकनारायण अर्याल, एम्नेष्टी समूह–६९ का उपप्राध्यापक मोहन पुलामी लगायतले आफ्ना भनाइ राखेका थिए । 

No comments:

Post a Comment